आरती कुँवर
वालिङ, २६ साउन ।
सामुदायिक वन दिवसका अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ वालिङले वृक्षारोपण एवम् फुलबारी व्यवस्थापन गरेको छ । उपभोक्ता महासंघ वालिङले ईलाका प्रशासन कार्यालय वालिङ, ९ सुकौर्दीको नवनिर्मित भवन परिसरमा वृक्षारोपण एवम् फुलबारी व्यवस्थापन गरेको हो । ईलाका प्रशासन कार्यालय भवन वरपरको वातावरण हरियाली बनाउने उदेश्यले सामुदायिक बन दिवसका अवसरमा शुक्रबार वृक्षारोपण एवम् गोडमेल गरेको उपभोक्ता महासंघले जनाएको छ ।
गतवर्ष पनि उपभोक्ता महासंघले ईलाका प्रशासन भवन परिसरमा वृक्षारोपण गरेको र अहिले पनि थप विरुवाहरु रोपण गरिएको सामुदायिक वन उपभोक्ता महासंघ वालिङका अध्यक्ष कमल गैह्रेले जानकारी दिनुभयो । उपभोक्ता महासंघले सामाजिक कार्यमा सक्रिय बन्दै वालिङ, ८ काफलडाँडामा रहेको गौशला परिसरका लागी पनि विभिन्न प्रजातिका विरुवाहरु उपलब्ध गराएको अध्यक्ष गैह्रेले जानकारी दिनुभयो । साथै महासंघको पहलमा यसवर्ष वालिङ नगरपालिका प्राङ्गणबाट विभिन्न संघसंस्था एवम् व्यक्तिहरुलाई ५ हजार डाले घाँस तथा फलफुलका विरुवाहरु वितरण गरिएको अध्यक्ष गैह्रेले बताउनुभयो ।
कार्यक्रममा सामुदायिक बन उपभोक्ता महासंघका केन्द्रिय सदस्य केदार काफ्ले, गण्डकी प्रदेश न्यायिक समिति सदस्य सिता काफ्ले, प्रदेश सदस्य माया पाण्डे, स्याङजाका उपाध्यक्ष दिपेन्द्र गैह्रे, वालिङ विपद् व्यवस्थापन समिति संयोजक एवम् वालिङ ११ का वडा अध्यक्ष डण्डपानी पंगेनी, पुर्व संयोजक गिता रनपाल, वालिङका उपाध्यक्ष नन्दुराज अर्याल लगायत ईलाका प्रशासनका कर्मचारीहरुको उपस्थितीमा वृक्षारोपण कार्यत्रलम गरिएको थियो । कार्यक्रममा अमला, आँप, लिचि, दालचिनी, अम्बा लगायतका फलफुल, जडिबुटि एवम् विभिन्न प्रजातिका फुलहरुका विरुवाहरु रोपण गरिएको महासंघले जनाएको छ । उपभोक्ता महासंघ वालिङका अध्यक्ष कमल गैह्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव राधा रेग्मीले गर्नुभएको थियो ।
त्यस्तै आज विहान ८ बजे देखी भीरकोट, ४ मा रहेको छाङछाङ्दी मन्दिर परिसरमा पनि विभिन्न प्रजातिका फुलका विरुवाहरु पनि रोपण गरिएको छ ।






