वालिङका उपकार उत्कृष्ट कारोबारमा र नियमित कारोबारमा महालक्ष्मी सहकारी सम्मानित

0
364
Google search engine

वालिङ, २० साउन ।
स्याङ्जाको वालिङमा रहेका दुई सहकारी सम्मानित भएका छन् । राष्ट्रिय सहकारी बैंक लिमिटेडको वार्षिक साधारण सभाको अवसरमा पोखरामा आयोजित एक कार्यक्रममा वालिङका दुई सहकारी सम्मानित तथा प्रशंसित भएका हुन् । राष्ट्रिय सहकारी बैंकको २०औँ वार्शिक साधारण सभाको अवसरमा आयोजित सहकारीको वर्तमान अवस्था र भावी कार्यदिशा विषयक प्रदेशस्तरीय गोष्ठी तथा सदस्य सम्मान कार्यक्रममा वालिङको उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड र महालक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सम्मानित तथा प्रशंसित भएका हुन् ।

Google search engine

राष्ट्रिय सहकारी वालिङ साखाको सदस्यहरु मध्ये उपकार र महालक्ष्मी सम्मानित भएका हुन् । बैंकको २०औँ साधारण सभाको अवसरमा सम्मानको लागी गरिएको घोषणा अनुसार आर्थिक वर्ष २०७९–०८० मा वालिङ साखा कार्यालयसंग सदस्य सहकारी संस्थाले गरेको कारोबारको आधारमा साखा स्तरीय उत्कृष्ट कारोबार विधामा वालिङ ८ मा प्रधान कार्यालय रहेको उपकार बचत तथा ऋण सहाकारी संस्था र साखा स्तरीय नियमित कारोबार विधामा महालक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था वालिङ ८ डुम्रीकोट सम्मानित भएको हो ।

Google search engine