वालिङ, १८ साउन ।
स्याङ्जाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल र जिल्लामा क्रियाशील पत्रकारहरुबीच अन्तरक्रिया गरिएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जामा शुक्रबार भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रशासन कार्यालयद्वारा हालसम्म भएका कार्य प्रगतिकाबारेमा पत्रकारहरुलाई जानकारी दिईएको थियो ।
कार्यक्रममा प्रजिअ नेपाल, सहायक प्रजिअ दीपक पौडेलले प्रशासन कार्यालयले दिने सेवा सुविधा तथा पछिल्लो समयमा सार्वजनिक जग्गा संरक्षणका विषयमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल, निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, पूर्व अध्यक्ष प्रकाश डोटेल लगायतले आगामी दिनमा पनि भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिंदै नागरिकलाई थप सुसूचित बनाउने सन्दर्भमा छलफल भएको थियो ।