शुभयात्रा नेपाल वालिङको संयोजकमा रामचन्द्र काफ्ले

0
290
Google search engine

२०५४ सालमा स्थापना भएको संस्थाले कालीगण्डकी सभ्यतालाई बचाउन पाल्पाको हुँगीबाट अभियान शुरु गरेको, क्यान्सर अस्पताल निर्माण शुरु गरेको, गाईको संरक्षणको लागी गौ निकुञ्ज निर्माण गर्न पहल थालेको, र फोहोरमुक्त सुन्दर नेपाल निर्माण गर्दै पर्यटनको विकास गर्ने लक्ष्यका साथ अगाडि बढेको शुभयात्रा २३ जिल्लामा विस्तार गरिएको शुभयात्रा नेपालका केन्द्रिय अध्यक्ष मधुसुदन गैह्रेले बताउनुभयो । संस्थाले स्थापनाको २५ वर्ष पुरा गरेको अवसरमा यी लक्ष्य लिएर अगाडि बढेको भन्दै वालिङमा पनि संस्थाको विस्तार गरी यहाँ धार्मिक पर्यटनको विकास गरिने बताउनुभयो ।

Google search engine

कार्यक्रममा पुर्व मेयर लालचन्द गैह्रेले संस्थाले वालिङका धार्मिक तथा ऐतिहासिक महत्वका स्थानहरुको उजागर गरी पर्यटन आवागमनमा थप टेवा पुग्ने बताउनुभयो । कार्यक्रममा विश्व हिन्दु महासंघका केन्द्रिय सदस्य पण्डित नेत्रप्रसाद पराजुलीले कालीगण्डकीको सभ्यता विश्वकै उत्कृष्ट रहेको भन्दै यसको संरक्षणमा जुट्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा निर्वाचन संयोजक पदमप्रसाद पाण्डेले आफ्ना भनाई राख्नुभएको थियो । भेलाले शुभयात्रा नेपाल वालिङको संयोजकमा रामचन्द्र काफ्लेलाई चयन गरेको छ । त्यस्तै सहसंयोजकमा राधिका गैह्रे, सचिवमा धु्रव पंगेनी, सहसचिवमा रिमा केसी, कोषाध्यक्षमा माया पाण्डे रहनुभएको छ । यस्तै सदस्यहरुमा मैना सारु, माया कुँवर रहनुभएको छ भने ३ सदस्य पछि मनोनित गरिनेछ । कार्यक्रम संयोजक सुर्यप्रसाद पौडेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको स्वागत केन्द्रिय सचिव दिपक लम्साल र संचालन धु्रव पंगेनीले गर्नुभएको थियो ।

Google search engine