तोलाकान्त बगाले
वालिङ, ९ असोज ।
नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं २ को अधिवेशन आगामी असोज १२ गते सोमबार हुने भएको छ । असोज १० गते शनिबारकालागि तोकिएको अधिवेशन अविरल वर्षाकाकारण स्थागित गरी सोमबारकालागि सारिएको नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं २ का क्षेत्रीय सभापति दिलीपप्रताप खाँणले बताउनुभयो ।
नेपाली काँग्रेस क्षेत्र नं २ को पदाधिकारीहरुको आकस्मिक बैठक बसेर काँग्रेस केन्द्रीय निर्वाचन समितिको प्रेस विज्ञप्तिका आधारमा यस क्षेत्रमा अविरल वर्षा भईरहेकाकारण स्थगित गरिएको हो ।
“भोलि हुने भनिएको १५ औं महाधिवेशन अन्तर्गत क्षेत्रीय तथा प्रदेश क्षेत्रीय अधिवेशन केन्द्रीय निर्वाचन समितिको परामर्श तथा अविरल वर्षाकाकारण स्थगित गरेका हौं” उहाँले भन्नुभयो, “सबै तयारी पूरा भएको छ, असोज १२ गते सोमबार वालिङमा १५ औं महाधिवेशन अन्तर्गतको क्षेत्रीय तथा प्रदेश क्षेत्रीय अधिवेशन गर्छौं ।”





