तोलाकान्त बगाले
वालिङ, २२ भदौ ।
भदौ १० गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित बनेका नागरिकहरूको राहत तथा पुनस्थापनका लागि सामाजिक संस्था रिटर्निज कोरिया स्याङ्जा परिवारले रू. ५६ हजार २६६ सहयोग हस्तान्तरण गरेको छ। संस्थाले संकलन गरेको उक्त सम्पूर्ण राहत रकम नेपाल सरकारको प्रधानमन्त्री दैवीप्रकोप उद्धार राहत कोषको खातामा जम्मा गरिएको संस्थाका अध्यक्ष जीबलाल काफ्लेले जानकारी दिनुभयो ।

स्याङ्जा जिल्लामा विगतदेखि नै विभिन्न सामाजिक कार्यहरूमा सक्रिय रहँदै आएको यस संस्थाले देशमा आइपरेको ठूलो प्राकृतिक विपत्ति र मानवीय संकटलाई मध्यनजर गर्दै यो सहयोग रकम हस्तान्तरण गरेको अध्यक्ष काफ्लेले बताउनुभयो ।

भोटेकोसी बाढीको विपत्तिमा परेकाहरूका लागि सञ्चालित राहत संकलन अभियानमा हातेमालो गर्दै सहयोग पुर्याउनुहुने सम्पूर्ण सहयोगी मनहरूप्रति कोषाध्यक्ष केशभक्त गुरूङले धन्यवाद व्यक्त गर्नुभयो ।





