प्रजातान्त्रिक विचार समाज स्याङ्जाको पाँचौैं जिल्ला अधिवेशन सम्पन्न

0
9
Google search engine

वालिङ, १५ भदौ ।
प्रजातान्त्रिक विचार समाज स्याङ्जाको पाँचौैं जिल्ला अधिवेशन आज स्याङ्जाको वालिङमा सम्पन्न भएको छ ।
समाजको अधिवेशनको उद्घाटन समारोहमा बोल्नुहुँदै नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले विचार र दृष्टिकोणले मुलुकको सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेससँग निकटता रहे पनि यसले पार्टीको भ्रातृ संस्थाको रूपमा नभई स्वतन्त्र तथा वैचारिक संस्थाको रूपमा आफूलाई प्रस्तुत गर्दै आएको बताउनुभयो । उहाँले प्रजातान्त्रिक विचार समाज सम्पूर्ण लोकतन्त्रवादीहरूको आस्थाको केन्द्रकारूपमा उभिन सफल भएको बताउनुभयो ।
विशेष गरेर प्रजातन्त्रको मूलभूत आदर्श र मान्यताको अभिवृद्धि गराउन, संसदीय शासन प्रणाली तथा बहुदलीय प्रजातन्त्रलाई सुदृढीकरण गर्न÷गराउन, लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संसदीय पद्धतिलाई संस्थागत गर्न र आफ्नो सैद्धान्तिक विचारसँग मेल खाने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था एवं बुद्धिजीवीसँग विचारको आदान प्रदान र पारस्परिक सहयोग उपलब्ध गराउने यस समाजको प्रमुख उद्देश्य रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका उपसभापति कल्पना तिवारी, कांग्रेस स्याङ्जाका सभापति राजु थापा, गण्डकी प्रदेशका अर्थ तथा विकास समिति सभापति भोजराज अर्याल, प्रजातान्त्रिक विचार समाजका केन्द्रीय महासचिव बासुदेव भण्डारी, कांग्रेस स्याङ्जा क्षेत्र नं २ का क्षेत्रीय सभापति दिलीपप्रताप खाँण, प्रजातान्त्रिक विचार समाज स्याङ्जाका सल्लाहकार जीवलाल काफ्ले, कांग्रेस वालिङ नगर सभापति नेत्रप्रसाद पाण्डे, नेपाल शिक्षक संघ स्याङ्जाका अध्यक्ष पशुपति पौडेल, समाजका कोषाध्यक्ष कमलराज लम्साललगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
प्रजातान्त्रिक विचार समाज स्याङ्जाका अध्यक्ष युक्तबहादुर बोगटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रामचन्द्र अर्यालले स्वागत र सञ्चालन सहसचिव ऋषिराम भण्डारीले गर्नुभएको थियो ।

Google search engine
Google search engine