वालिङ महोत्सवको आयव्याय सार्वजनिक, ६ लाख ६३ हजार ६०८ रुपैँया बचत

0
1
Google search engine

वालिङ, २५ जेठ ।
वालिङ उद्योग वाणिज्य संघले आयोजना गरेको नवौं वालिङ महोत्सवको आयब्याय आईतबार सार्वजनिक गरेको छ । माघ १४ देखि २५ गतेसम्म वालिङ खेलमैदानमा सञ्चालन भएको महोत्सवको आयव्याय पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।
महोत्सवबाट कुल ६ लाख ६३ हजार ६०८ रुपैयाँ वचत भएको छ । महोत्सवमा कुल ७९ लाख ७२ हजार २८८ आम्दानी भएको वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
महोत्सवमा कूल खर्च ६९ लाख ९८ हजार ७३५ भएको छ । महोत्सवबाट वचत भएको रकमबाट व्यावसायिक हितकोषमा १ लाख, संस्थागत विकास तथा संरक्षणमा २ लाख ३१ हजार ६०८, खेलमैदान जग्गा खरिद ३ लाख ३२ हजार बाँडफाँड गरिएको उहाँले बताउनुभयो ।
खेलमैदान जग्गा खरिद शीर्षकको रकमलाई हाल खर्च नहुने गरी संघकै छुट्टै बैंक खातामा राखिने र पछि वालिङ उद्योग वाणिज्य संघ, वालिङ नगरपालिका र खेलमैदानसँग सरोकारवाला संस्थाहरुसँगको छलफल र सर्वपक्षीय निर्णयमा खेलमैदानमा जग्गा खरिदकालागि मात्र खर्च गरिने जानकारी दिईएको छ ।
आय व्याय सार्वजनिक कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मञ्चका संयोजक पूण्यप्रसाद अर्याल, पूर्व अध्यक्षहरु ले. यामबहादुर गुरुङ, कर्णबहादुर श्रेष्ठ, श्यामप्रसाद श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष अनुपमा ढुंगाना तिवारी, महासचिव रमेश अर्याल, कोषाध्यक्ष खगुपति न्यौपाने, नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदीप कोईरालालगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

Google search engine
Google search engine