निर्वाचनमा बालबालिकाहरुको प्रयोग नगर्न नगराउन प्रतिवद्धतामा हस्ताक्षर

0
229
Google search engine

वालिङ, ५ फागुन ।

Google search engine

फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा बालबालिकाहरुको प्रयोग नगर्न र नगराउन प्रतिवद्धताको लागि हस्ताक्षर संकलन गरिएको छ । बालअधिकारको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धनको सुनिश्चित गर्न निर्वाचनको प्रचारप्रसार, जुलुस, नाराबाजी लगायतमा बालबालिकाको प्रयोग गर्न/ गराउन नहुने वातावरण सुनिश्चितताको लागि प्रतिवद्धतामा हस्ताक्षर सुरु गरिएको एकिकृत सेवा कार्यालय प्रमुख जीवन पौडेलले जानकारी दिनुभयो । विद्यमान बालबालिका र निर्वाचनसम्बन्धी कानुनी व्यवस्था र निर्वाचन आचारसंहिता, २०८२ मा भएको व्यवस्था बमोजिम १८ वर्ष उमेर पूरा नगरेका बालबालिकालाई कुनै पनि राजनीतिक दल वा उम्मेदवारले चुनावसम्बन्धी प्रचारप्रसार, स्वागत तथा सम्मान, आमसभा, कोणसभा जुलुस, अभियान तथा बैठकमा सहभागी गराउन र त्यस्ता दल, संगठन वा समूहमा संगठित हुन निषेध गरेको उल्लेख गरेको छ । एकिकृत सेवा कार्यालय स्याङ्जा, जिल्ला बालअधिकार समिति स्याङ्जा र जिल्ला बाल सञ्जाल स्याङ्जाको संयुक्त प्रयास तथा आयोजनामा जिल्लाका राजनीति दल, उमेदबार, नागरिक समाज, शिक्षक र सम्पूर्ण सरोकारवालालाई सहभागी गराएर हस्ताक्षर अभियान जारी राखिने भएको छ ।

Google search engine