नेपाली कांग्रेस क्षेत्र नं. २ का उम्मेदवारद्धारा घरदैलो तथा सुझाव संकलन

0
46
Google search engine

वालिङ, २ फागुन ।
प्रतिनिधी सभा निर्वाचनका लागि नेपाली कांगे्रस स्याङ्जा क्षेत्र नंं. २ का उम्मेदवार भागवतप्रकाश मल्लले मतदाताको घरदैलो तथा सुझाव संकलन गर्नुभएको छ । शुक्रबार भीरकोट ५ का विभिन्न टोल टोलमा पुगेर उम्मेदवार मल्ल र समानुपातिक उम्मेदवार माया रानाले सुझाव संकलन गर्नुभएको हो ।

Google search engine


उम्मेदवार मल्लले मतदाताहरुसंग आर्शिवाद समेत लिनुभएको छ । कार्यक्रममा कांगे्रस प्रदेश उपसभापति कल्पना तिवारी, जिल्ला कार्यबहाक सभापति केदार काफ्ले, नेता विष्णु पौडेल, छायाराम खनाल, अर्जुनप्रकाश अर्याल, भीरकोट नगरप्रमुख गोविन्द कुमार कर्माचार्य, चापाकोट नगरप्रमुख देवबहादुर खांणलगायत पार्टीका नेताहरुले मतादाताहरुसंग भेट गर्नुभएको भीरकोट नगर सभापति यामप्रसाद अधिकारीले बताउनुभयो ।

Google search engine