जन्मदिनको अवसरमा कक्षा १० का विद्यार्थीलाई १०० गीता वितरण

0
646
Google search engine

वालिङ, ८ माघ ।
पाइनिज मावि वालिङमा अध्ययनरत कक्षा १० का विद्यार्थीहरूलाई १०० प्रति श्रीमद्भगवद्गीता वितरण गरिएको छ। आफ्नो जन्मदिनको अवसर पारेर अशोक गैह्रे ले विद्यालयमा गीता वितरण गर्दै आज जन्मदिन मनाउनुभएको हो । केक काटेर भन्दा फरक र अर्थपूर्ण रूपमा गीता पुस्तक बाँडेर जन्मदिन मनाइएको उहाँले बताउनुभयो।

Google search engine


कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मेगराज गैह्रेले गीताको महत्व, यसको ज्ञान तथा जीवन उपयोगिताका बारेमा जानकारी दिनुभयो। साथै गीताले मानिसलाई सही मार्गमा हिँड्न र नैतिक जीवन जिउन सहयोग गर्ने बताउनुभयो।


त्यसैगरी विद्यालयका उपप्रधानाध्यापक केशव राज भट्टराईले गीताले जीवन जिउने कला सिकाउने उल्लेख गर्दै यसरी जन्मदिन मनाएकोमा खुशी व्यक्त गर्नुभयो। उहाँले यस्तो कार्यले विद्यार्थीहरूमा नैतिकताको विकास हुनुका साथै समाजमा सकारात्मक सोच फैलिने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा विश्व हिन्दु युवा संघ, स्याङ्जा जिल्ला का अध्यक्ष नवराज पौडेलले मानिसले कहिल्यै पनि आफ्नो धर्म, संस्कृति र धरातल बिर्सन नहुने कुरामा जोड दिनुभयो।
उक्त कार्यक्रम विश्व हिन्दु युवा संघ, स्याङ्जा जिल्लाको समन्वयमा सम्पन्न भएको थियो।
अशोक गैह्रेले आफ्नो जन्मदिन केक काटेर मनाउनुभन्दा ज्ञानको भण्डार गीता पुस्तक बाँडेर मनाउन पाउँदा खुशी व्यक्त गर्नुभएको तथा यस्तो अवसर प्रदान गरेकोमा पाइनिज माविलाई धन्यवाद समेत व्यक्त गर्नुभएको छ।

Google search engine