स्याङ्जाका अपाङ्गता भएका व्यक्ति र अभिभावकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १६,४७० रुपैयाँ सहयोग हस्तान्तरण

0
68
Google search engine

स्याङ्जा, २५ भदौ ।
भदौ १० गते रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित तथा घाइते नागरिकहरूको उद्धार, राहत र पुनस्थापनाका लागि स्याङ्जाका अपाङ्गता भएका व्यक्तिहरूले मानवीय सहायता प्रदान गरेका छन्। विपद्को यस विषम घडीमा पीडित नागरिकहरूप्रति गहिरो समवेदना प्रकट गर्दै अपाङ्गता सशक्तीकरण तथा सामुदायिक विकास केन्द्र–नेपाल, पुतलीबजार–१, स्याङ्जाको अगुवाइमा उक्त सहयोग जुटाएको हो।

Google search engine

संस्थाको तर्फबाट प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरिएको छ। यस अभियान अन्तर्गत संस्थाका अध्यक्ष युवराज पराजुली, राम शर्मा पोखरेल, राजेस पोखरेल, ऋषिराम रेग्मी, भिमबहादुर कुँवर, इन्द्र प्रसाद शर्मा, मोहन भण्डारी, कल्पना बराल, अञ्जना कार्की, योगेश नेपाल, मुना अर्याल, नारायण प्र. रेग्मी, राजु दर्जी, यामकुमारी काफ्ले, समिक्षा पौडेल, भविलाल विक, लोकनारायण श्रेष्ठ, आशा भुजेल र हरिमैया रिजाल लगायतका १९ जना अपाङ्गता भएका व्यक्ति तथा अभिभावकहरूबाट स्वेच्छाले संकलन गरिएको कुल रु. १६,४७० (सोह्र हजार चार सय सत्तरी रुपैयाँ) नेपाल बैंक लिमिटेडको खातामा जम्मा गरिएको हो।

प्रभावित क्षेत्रमा घाइते तथा अपाङ्गता हुन पुगेका व्यक्तिहरूको उपयुक्त उपचार, सहायक सामग्रीको व्यवस्थापन र पुनस्थापनाका लागि सरकार समक्ष जोडदार माग गर्दै संस्थाले यो आर्थिक सहयोग हस्तान्तरण गरेको छ।

Google search engine