गरिमा विकास बैंकद्वारा महेन्द्र माविमा शैक्षिक पोशाक वितरण

0
144
oppo_2
Google search engine

वालिङ, ७ मङ्सिर ।

Google search engine

गरिमा विकास बैंक लिमिटेडले स्याङ्जाको वालिङ ५ स्थित महेन्द्र माध्यमिक विद्यालयमा शैक्षिक पोशाक वितरण गरेको छ । बैंकको १९ औं स्थापना दिवसका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले थानचौरमा रहेको महेन्द्र माविमा आईतबार शैक्षिक पोशाक वितरण गरेको हो । विद्यालयमा बाल सिकाई कक्षादेखि ११ कक्षासम्म अध्ययनरत १७६ जना विद्यार्थीलाई शैक्षिक पोशाकस्वरुप ट्रयाकसुट वितरण गरेको हो ।

oppo_2

शैक्षिक पोशाक वितरण कार्यक्रममा बोल्नुहुँदै गरिमा विकास बैंकका संस्थापक एवम् समाजसेवी नारायणप्रसाद शर्माले गरिमा विकास बैंकले विद्यार्थीहरुलाई न्यानो कपडास्वरुप ट्रयाक वितरण गरिएको बताउनुभयो । उहाँले विद्यालयको पोशाकसँग मिल्ने गरी शैक्षिक पोशाक उपलब्ध गराएको बताउँदै विद्यार्थीलाई आगामी दिनमा पनि शैक्षिक क्रियाकलापमा सहयोग पुग्ने खालका गतिविधिहरुलाई निरन्तरता दिंदै जाने बताउनुभयो ।

oppo_2

कार्यक्रममा गरिमा विकास बैंक लिमिटेडका क्षेत्रीय प्रमुख प्रेमकिशोर अर्यालले बैंकले वर्सेनि नाफाको १ प्रतिशत रकम सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरिरहेको बताउनुभयो ।
१९ औं वार्षिकोत्सवका अवसरमा गरिमा विकास बैंकले विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर सहयोगका कार्यक्रमहरु गरेको उहाँले बताउनुभयो ।

oppo_2

कार्यक्रममा वालिङ वडा नं ५ का वडा अध्यक्ष एवम् विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष छविलाल आलेले गरिमा विकास बैंकले यस विद्यालयलाई प्राथमिकतामा राखेर यसवर्षको सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रम राखेर सहयोग गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तरताको अपेक्षा गर्नुभयो । शैक्षिक पोशाक वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य ईन्द्रप्रसाद पंगेनी, विद्यालयका प्रधानाध्यापक कमलराज लम्साल, गरिमा विकास बैंक मिर्दी शाखाका प्रमुख कमलराज रेग्मी, शिक्षक गोपाल न्यौपानेलगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

Google search engine