तिहार लगायतका पर्वहरु मर्यादित रुपमा मनाउन जिल्ला प्रशासन कार्यालय स्याङ्जाको अनुरोध

0
99
Google search engine

वालिङ, १ कात्तिक ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले तिहारलाई मर्यादित रुपमा मनाउन आग्रह गरेको छ । प्रशासनले एक सूचना जारी गर्दै तिहार, नेपाल संवत र छठ पर्वहरुलाई प्रचलित परम्परा अनुसार सामाजिक एवं सांस्कृति पहिचान हुने गरी प्रचलित कानुनको पालना गर्दै मनाउन अनुरोध गरेको हो । कसैको इच्छा र चाहाना विरुद्धको क्रियाकलापहरु र समाजमा कानुन विपरित कार्य गर्ने प्रवृत्तिलाई नियन्त्रण गरी खुसीयाली पुर्वक मनाउन आग्रह गर्दै शान्ती सुरक्षा एवं अमनचयन कायम गर्न प्रशासनले आग्रह गरेको हो ।
तिहारको बेलमा गरिने देउसी भैलो लगायतका सांस्कृतिक क्रियाकलापकहरु संचालन गर्दा एकआपसमा भाईचारा र आत्मीयता अभिवृद्धि तथा आआफ्नो संस्कृतिको संरक्षण हुने गरी, अरुको धर्म संस्कृति र परम्पराप्रति ठेस नपुग्ने गरी सौर्हादपुर्ण तरिकाले मनाउन सहायक प्रजिअ दिपक पौडेलद्धारा जारी गरिएको सूचनामा उल्लेख छ ।
त्यस्तै देउसी भैलो तथा नाँचगान जस्ता कार्यक्रम, सार्वजनिक यातायात र जीवनलाई असर नपर्ने गरी मर्यादित एवं अनुशासित रुपमा राति ९ बजेसम्म मात्रै सञ्चालन गर्न, दिपावलीको अवसरमा बालिने बिजुली तथा मैनबत्तिको प्रयोग सावधानीपुर्वक गर्न, सार्वजानिक स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला तथा झैझगडा नगर्न प्रशासनले सचेत गराएको छ ।
त्यस्तै भीडभाड गर्ने तथा हुलहुज्जतजन्य गतिविधि गरी समाजमा अशान्ती सृजना गर्ने एवं अशोभनिय क्रियाकलाप नगर्न, सवारी साधनको छतमा बस्ने, झुण्डिएर यात्रा गर्ने कार्य नगर्न नगराउन तथा विभिन्न बहाना बनाई लामो तथा छोटो दुरीका भाडाका सवारी साधनले यात्रुसंग बढी भाडा लिने, दुव्र्यवहार गर्ने कार्य भएमा प्रहरीलाई खबर गर्न प्रशासनले आग्रह गरेको हो । दिपावली मनाउने क्रममा प्रयोग हुने भुईचम्पा, पटाका, आतिसबाजी जस्ता विष्फोटक पदार्थ तथा नियन्त्रित तथा निशेधित वस्तुको अवैध आयात ओसारपासर र विक्री वितरण नगर्न व्यावसायीलाई आग्रह गर्दै यस्ता वस्तु प्रयोग नर्गन प्रशासनले नागरिकलाई अनुरोध गरेको छ ।
त्यस्तै जुवातास, कौडा, लंगुरबुर्जालगायतका पैसाको हारजित हुने खेल नखेल्न आग्रह गर्दै बजारमा कृत्रिम आभाव, जम्मा खोरी, कालोबजारी, अस्वभाविक मुल्य वृद्धि जस्ता कार्य नर्गन साथै म्याद गुज्रेका भाईमसाला एवं अन्य उपभोग्य वस्तु खरिदविक्री नगर्न अनुरोध गरिएको छ । त्यस्तै यस्ता निशेधित क्रियाकलाप गरेको वा गराएको थाहा पाएमा कानुन अनुसार कारबाही हुने प्रशासलने उल्लेख गरेको छ ।

Google search engine
Google search engine