वालिङमा जेन्जी आन्दोलन, वर्तमान परिवेश, चुनौती र अवसर विषयक अन्तरक्रिया

0
143
Google search engine

आरती कुँवर
वालिङ, १२ असोज ।
स्याङ्जाको वालिङमा सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अकला आवज राष्ट्रिय साप्ताहीकको आयोजनामा जेन्जी आन्दोलन, वर्तमान परिवेश, चुनौती र अवसर विषयक खुल्ला अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा उपस्थित विभिन्न तह तप्काका एक दर्जन बढी व्यक्तित्वहरुले जेन्जी पुस्ताको बलिदानले देशलाई सहि मार्ग प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । कार्यक्रमका अवसरमा पूर्वमन्त्री पदमा कुमारी अर्यालले गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा सहादत प्राप्त गर्नुभएका युवाहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै दुई तत्वका कारण आन्दोलनले फरक मोड लिएको बताउनुभयो । उहाँले आन्तरिक तथा बाह्य तत्वका कारण देशले मानवीय तथा भौतिक क्षति बेहोर्नु परेको बताउनुभयो ।

Google search engine


जेन्जीले विशुद्ध भावना लिएर देशमा व्याप्त भ्रष्टाचार विरुद्ध आन्दोलन गरेको भन्दै उहाँले जेन्जी भुमिमा टेकेर भोलीको देशको मार्गचित्र तयार गर्नुपर्ने बताउनुभयो । नेपालमा पछिल्लो समय राजनीतिक पूर्वाग्रहका कारण सामाजिक सञ्जालमा आएका भ्रामक सुचनाका आधारमा निर्दोषलाई पनि दोषि बनाइदिने प्रचलन हाबी भइरहेका कारण यस्तो गर्न नहुने र दोषीलाई कारबाही गर्नुपर्ने उहाँको भनाई थियो ।


यस्तै वालिङ नगरपालिकाका पूर्व नगरप्रमुख तथा गरिमा विकास बैंकका अध्यक्ष दिलिपप्रताप खाँणले पुराना राजनीतिक दलका व्यक्तिहरु सुध्रिनुको विकल्प नरहेको बताउनुभयो । पुराना पार्टिप्रति नागरिकको वितृष्णा बढ्दै गएको र देशमा जुन प्रकारको वेतिथी र भ्रष्टाचार मौलाएको थियो त्यसकारण नै देशमा यस्तो अवस्था सिर्जना भएको उहाँले बताउनुभयो । मौजुदा संविधानले देश नबन्ने भन्दै अबको परिवेशमा बहुमतको सरकार बनाउन गाह्रो हुने र फेरी त्यही अवस्थामा देश चल्ने भएकाले संविधान संसोदन गर्नुपर्ने उल्लेख गर्नुभयो । देशमा परिवर्तन आउने तय भएको बताउँदै जेन्जीहरुले जुन प्रकारको साहस देखाउनुभयो यसकारण नै यो सम्भव भएको उहाँको भनाई थियो ।
कार्यक्रममा नेपाली काँग्रेस महाधीवेशन प्रतिनिधी विष्णु पौडेल, वालिङ, १२ का वडा अध्यक्ष विश्वजंग गुरुङ, वालिङ १ का पूर्व वडा अध्यक्ष केदार काफ्ले, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य श्रीकृष्ण सिग्देल, उद्योग वाणिज्य संघ वालिङका महासचिव रमेश अर्याल, प्याब्सनका केन्द्रिय सदस्य होमकान्त गौतम, सरस्वती माध्यमिक विद्यालयमा प्रअ याम बहादुर कुँवर, पूर्णामृत भवानी माविका प्रअ दिपक लम्साल, लक्ष्मी माविका प्रअ सिता गौडेल गैह्रे, जगदिश गैह्रे, बैकर्स क्लब वालिङका अध्यक्ष प्रेम अर्याल, व्यवसायी भीम लूईटेल, साहित्कार पारिश्वर न्यौपाने, शिक्षक धु्रर्व तिवारी लगायतले पुराना राजनीतिक दलहरु अब सच्चीनुपर्नेमा जोड दिँदै जेनजि समूहका सकरात्मक पक्षहरुको साथमा रहेको बताउनुभएको थियोे ।
कार्यक्रममा वालिङका जेन्जी समुह प्रतिनिधि युवा अभिषेक गुरुङ र रोनिश श्रेष्ठले जेन्जीको बलिदानले देशमा परिवर्तन आउन सम्भव भएको बताउनुभयो । उहाँले हाम्रो आन्दोलन सरकारप्रति नभई भ्रष्टाचार विरुद्ध भएको भन्दै वालिङमा देशका अन्य स्थानमा भन्दा शान्तिपुर्ण तरिकाले आन्दोलन गरेको बताउनुभयो ।


यस्तै अकला आवाज राष्ट्रिय साप्ताहिकका अध्यक्ष तथा प्रधानसम्पादक प्रकाश डुम्रेले कार्यक्रमको सहजीकरण गर्दै पछिल्लो विकसित परिस्थितीमा मिडिया जगतले सर्वपक्षीय आवाजहरुलाई प्रतिनिधित्व गर्ने हिसाबले यस प्रकारका कार्यक्रमहरु आयोजना गर्ने बताउदै शुसान, सामाजिक न्याय र समृद्ध राष्ट्र निमार्णमा भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रम अध्यक्ष डुम्रको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Google search engine