चाडपर्व नजिकिएसंगै वालिङबाजर शनिबार समेत खुल्ला रहने

0
203
Google search engine

वालिङ, ५ भाद्र ।
नेपालीहरुको महान पर्वहरुलाई लक्षित गर्दै वालिङ बजार शनिबार समेत खुल्ला रहने भएको छ । वालिङ उद्योग वाणिज्य संघले एक सुचना जारी गर्दै नेपालीहरुको महान पर्व तीज, दशैँ, तिहार र छठ पर्व नजिकिएसंगै वालिङ बजार शनिबार पनि खुल्ला रहने जानकारी दिएको हो । यही भदौ ७ गतेदेखि कार्तिक १५ गतेसम्म व्यापार व्यवसाय खुल्ला गरी सेवा प्रवाह गर्न उद्योगी व्यापारी व्यावसायीहरुलाई वाणिज्य संघले अनुरोध गरेको छ ।
यसअघि शनिबारका दिनमा पसलहरु बन्द हुँदै आएकोमा चाडपर्वको समयमा उपभोक्ताहरुको सहजताका लागि शनिबार समेत बजार खुल्ला गरेको संघले जनाएको छ । चाडपर्व नजिकिएसंगै उपभोक्तामैत्रि व्यापार गर्न संघले व्यवसायीहरुलाई अनुरोध समेत गरेको छ । म्याद नाघेका अखाद्य वस्तुहरु विक्रि वितरण नगर्न साथै उपभोक्ताहरु पनि सचेत भई सामानहरु खरिद गर्न संघले आग्रह गरेको छ ।

Google search engine
Google search engine