ग्लोबल आइएमई लघुवित्त वित्तिय संस्थाद्धारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

0
207
Google search engine

वालिङ, २७ साउन ।
ग्लोबल आइएमई लघुवित्त वित्तिय संस्था लिमिटेड मिर्दी शाखाले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत रहेर वालिङ ११ मा रहेको तितापानी आधारभुत विद्यालयमा अध्यनरत विद्यार्थीहरुका लागी शैक्षिक सामाग्री वितरण गरेको हो । कार्यक्रममा वडा नं. ११ का वडा अध्यक्ष डण्डपानी पंगेनीले संस्थाले गरेको यस कार्यले विद्यार्थीहरुलाई अध्ययनमा लाग्न थप प्रेरणा मिल्ने बताउनुभयो । हरेक संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व पुरा गर्नुपर्ने भन्दै यस्तै रचनात्मक तथा सामाजिक कार्यमा लाग्नुपर्नेमा वडा अध्यक्ष पंगेनीले जोड दिनुभएको थियो ।

Google search engine


कार्यक्रममा संस्थाका वाग्मती र गण्डकी प्रदेश प्रमुख विनोद पराजुलीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमबहादुर कुँवर, विद्यालयका प्रधानाध्यापक मुक्तिप्रसाद कोईरालाले विद्यालयमा नै आएर शैक्षिक सामाग्री वितरण गरेकोमा संस्थाप्रति आभार व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन संस्थाका बेगनाथ स्टेशन प्रमुख अशोककुमार बोगटीले गर्नुभएको थियो ।
विद्यालयमा अध्ययनरत २० जना छात्रछात्राहरुका लागी कापी र झोला वितरण गरिएको संस्थाका मिर्दी शाखा प्रमुख ईश्वरी रानाले बताउनुभयो । संस्थाको देशभरी १२२ शाखाहरु रहेका छन् भने स्याङ्जामा भने मिर्दीमा एक मात्रै शाखा रहेको छ । संस्थाको केन्द्रिय कार्यालय भने कास्कीको विजयपुरमा रहेको छ ।

Google search engine