जलवायुमैत्री पानी ब्यववस्थापनसम्बन्धी छलफल

0
142
Google search engine

वालिङ, १५ साउन ।
वालिङ नगरपालिकाको जलवायुमैत्री पानी ब्यवस्थापन अध्ययन नतिजाको प्रस्तुति तथा नीतिगत छलफल कार्यक्रम बुधबार वालिङमा सम्पन्न भएको छ । नेपाल पानी सदुपयोग फाउण्डेशन, स्थानीय सरकार सवलीकरण कार्यक्रमअन्तर्गत अष्ट्रेलियन एड र द एशिया फाउण्डेशनको सहजीकरणमा वालिङ नगरपालिकाको जलवायु र यहाँका पानीको ब्यवस्थापनका विषयमा छलफल भएको हो ।

Google search engine


छलफल कार्यक्रममा बोल्नुहुँदै वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह«ेले नगरपालिकाभित्रका पानीका स्रोतहरुको पहिचान गरी तिनीहरुको संरक्षण गर्नकालागि नगरपालिकाले सरोकारवाला विज्ञहरुको समन्वय र सहकार्यमा विकास निर्माणका कार्यहरु अगाडि बढाउने बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले नगरपालिकाले विभिन्न अध्ययनहरुबाट प्राप्त नतिजाहरुलाई आधार मान्दै त्यसको कार्यान्वयनमा जोड दिंदै जाने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा सहजीकरण गर्नुभएका नेपाल पानी सदुपयोग फाउण्डेशनका अध्यक्ष नमिन्द्र दाहालले वालिङ नगरपालिकाका विभिन्न वडामा पुगेर तयार पारिएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा जनप्रतिनिधिहरु, नगरपालिकाका विभिन्न शाखाका शाखा प्रमुखहरु, पत्रकार लगायत सरोकारवाला संघ संस्था, टोलवासीहरुको सहभागिता रहेको थियो ।

Google search engine