जबरजस्ती करणीको आरोपमा एक पुरुष पक्राउ

0
88
Google search engine

वालिङ, ५ असार ।
एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा स्याङ्जामा आज एक पुरुष पक्राउ परेका छन् । ४० वर्षीया एक महिलालाई घरमै बसी रहेको अवस्थामा जबरजस्ती करणी गरेको आरोपमा स्याङ्जाको फेदीखोला गाउँपालिका ३ कराम्दी बस्ने २७ वर्षीय सूर्य मिजार पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक प्रसन्नराज चौधरीका अनुसार पीडित महिलाले प्रहरीमा दिएको जाहेरीका आधारमा प्रहरीले आज पक्राउ गरेको हो ।
जबरजस्ती करणीको आरोप लागेका मिजारलाई खोजतलास गर्ने क्रममा लुकिछिपी हिंड्दै गरेको अवस्थामा फेदीखोला गाउँपालिकाको आरुखर्कबाट नियन्त्रणमा लिएको उहाँले जानकारी दिनुभयो ।
प्रहरीलाई पीडित महिलाले दिएको जाहेरीका आधारमा बुधबार दिउसो २ः३० बजेको समयमा महिला घरमै बसीरहेको अवस्थामा मिजारले जबरजस्ती करणी गरेको उल्लेख छ । पक्राउ परेका मिजारलाई स्याङ्जा जिल्ला अदालतबाट जबरजस्ती करणीको कसूरमा सात दिनको म्याद अनुमति लिई कारवाही प्रक्रिया अगाडि बढाएको सूचना अधिकारी चौधरीले जानकारी दिनुभयो ।

Google search engine
Google search engine