दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?

0
180
Google search engine

  जेठ २९,भारत ।

Google search engine

भारतको गुजरातमा रहेको अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै एउटा विमान दुर्घटनामा परेको छ । २ सय ४२ जना बोकेर अहमदाबादको मेघानी शहरमा रहेको विमानस्थलबाट बेलायतको लन्डन जान लागेको एअर इन्डियाको उडान नम्बर एआई १७१ विमान दुर्घटनामा परेको बीबीसी हिन्दीले जनाएको छ । बोइङ ७८७–८ विमानले उडान भरेको केही समयपछि नै दुर्घटनाग्रस्त भएको सञ्चारमाध्यमले जनाएका छन् । भारतको नागरिक उड्डयन निर्देशनालयका प्रमुख फैज अहमद किदवईले समाचार एजेन्सी एपीसँग कुराकानी गर्दै एअर इन्डियाको विमान मेघानी नगर भनिने एक आवासीय क्षेत्रमा खसेको बताउनुभएको छ ।दुर्घटनाग्रस्त विमानमा २ सय ३२ यात्रु र १० जना चालक दलका सदस्य रहेको एअर इन्डियाले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा जानकारी दिएको छ । विमानमा रहेकामध्ये १ सय ६९ जना भारतका, ५३ जना बेलायतका, सात जना पोर्चुगलका र एक जना क्यानडाका रहेका खबरमा उल्लेख छ । दुर्घटनामा घाइते भएकाहरूलाई नजिकको अस्पतालमा लगिएको छ । यसैबीच एअर इन्डियाको विमान दुर्घटनापछि अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ ।

Google search engine