भीरकोट नगरपालिकामा सकारात्मक सोँच सम्बन्धि अभिमुखीकरण कार्यक्रम

0
158
Google search engine

वालिङ, २७ जेठ ।
स्याङ्जाको भीरकोट नगरपालिकामा सकारात्मक साँेच सम्बन्धि एक दिने अभिमुखीकरण नगरपालिकाको सिटि हल भीरकोट २ सपौदेमा सोमबार सम्पन्न भएको छ । भीरकोट नगरपालीकाको आयोजनामा उपमेयरसंग महिला कार्यक्रम अन्र्तगत कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै भीरकोट नगरपालिकाका नगरप्रमुख गोविन्द कुमार कार्माचार्यले सरल र सुखी जिवनका लागी सकारात्मक सोँचको खाँचो रहेको बताउनुभयो । साथै उहाँले पछिल्लो केही समय यता विकृति विसंगति बढ्दो रहेकाले यसको न्यूनिकरणका लागी हरेक मानिसमा सकारात्मक सोच हुन जरुरी रहेको बताउनुभयो । त्यसैगरी नगर उपप्रमुख भगवती रेग्मी अर्यालले सकारात्मक सोच कुनै पनि परिस्थितिलाई सकारात्मक दृष्टिकोणले हेर्नु भएको भन्दै यो सोचाइले जीवनलाई सरल, शान्त र सुखमय बनाउन, तनाव कम गर्न मदत गर्ने बताउनुभयो । साथै सकारात्मक सोचले आपसी समझदारी र प्रेम बढाउने उहाँको बताउनुभयो ।

Google search engine

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत उदय बहादुर पराजुली र ८ न. का वडा अध्यक्ष नन्दुलाल खनाले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा राजु घलेले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा जनप्रतिनिधिहरु, विद्यालयका शिक्षकहरु, टोल विकास समितिका प्रतिनिधिहरु, आमा समूह तथा संघ संस्थाका प्रतिनिधिहरु सहित ४०० जनाको उपस्थिति रहेको थियो । भीरकोट नगरपालिकाउप प्रमुख अर्यालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन योजना अधिकृत यम प्रसाद रेग्मीले गर्नुभएको थियो ।

Google search engine