सृजनात्मक लेखन प्रतियोगिता वालिङमा सम्पन्न

0
388
Google search engine

वालिङ, ३ जेठ ।
स्याङ्जाको वालिङमा सृजनात्मक लेखन प्रतियोगिता सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजना तथा वालिङ नगरपालिकाको समन्वयमा शुक्रबार सृजनात्मक लेखन प्रतियोगिता सम्पन्न भएको हो । वालिङका मावि तहका वद्यार्थीहरु बीच सिर्जनात्मक लेखन प्रतियोगिता गरिएको हो ।
प्रतियोगितामा नेपाल आर्दश माध्यमिक विद्यालय वालिङका छात्र रोशन सुवेदीले प्रथम स्थान हाँसिल गर्नुभएको छ भने सरस्वति माध्यमिक विद्यालयकी छात्रा अनिशा बराल द्धितिय र पुर्णामृत भवानी माध्यमिक विद्यालयका रश्मी भण्डारीले तृतीय स्थान हाँसिल गर्नभएको छ । त्यस्तै बालशिद्ध माध्यमिक विद्यालयकी इशिका पाण्डेले सान्त्वना स्थान हासिल गर्न सफल हुनुभएको होे । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुँनेले क्रमशः २ हजार, १५००, १ हजार र ५०० नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् । बालबालिकाको मौलिक विचारहरूलाई कलात्मक रूपमा लेखाइको माध्यमले अरुसमक्ष पुरÞ्याउन, तार्किक क्षमताको विकास गर्न र बालबालिकाहरुमा रहेको अन्तरनिहित प्रतिभालाई प्रष्फुटन गर्न सिर्जनात्मक लेखन कार्यशाला कार्यक्रम समावेश गरिएको कार्यालयले जनाएको छ ।
विद्यालयले छनौट गरेका विद्यार्थीहरु बीच स्याङ्जाको ११ वटै स्थानीय तहमा प्रतिस्पर्धा भईरहेको छ प्रत्येक पालिकाबाट छनौट भएका उत्कृट तीन भित्र पर्न सफल विद्यार्थीहरु बीच जिल्लास्तरीय प्रतिस्पर्धा हुनेछ । सबै स्थानीय तह र जिल्लामा हुने प्रतियोगिताको व्यवस्थापन स्थानीय तहसँगको समन्वयमा समाजिक विकास कार्यालय स्याङ्जाले गर्दै आईरहेको छ ।

Google search engine
Google search engine