वालिङ साना शहरी खानेपानीको अध्यक्षमा श्रेष्ठ विजयी

0
300
Google search engine

आरती कुँवर
वालिङ, ११ वैशाख ।
वालिङ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा विद्या श्रेष्ठ निवार्चित हुनुभएको छ । खानेपानीको नयाँ कार्यसमिति चयनका लागि ६ पदमा हिजो मतदान भएको थियो । आज बिहीबार सम्पन्न भएको अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा लोकतन्त्रवादिका श्रेष्ठ ७ सय ५७ मत सहित निर्वाचित हुनुभएको हो । उहाँ यसअघि पनि अध्यक्ष भएर एक कार्यकाल काम गरिसक्नुभउको छ । यस्तै अध्यक्षका प्रतिष्पर्धी दिनेश (तिवारी दिनकर नेपाल)ले २ सय ६९ मत प्राप्त गर्नुभएको छ । दिलीपकुमार बगालेले २ सय २५, बालकृष्ण श्रेष्ठले १ सय ७५, चोपनारायण श्रेष्ठले १ सय ४६ र मुक्तिप्रसाद सुवेदीले ९० मत ल्याउनुभएको हो ।
त्यस्तै उपाध्यक्षमा कल्पना पौडेल अर्याल विजयी हुनुभएको छ । उहाँले ७ सय १३ मत ल्याउनुभएको छ भने मञ्जु खड्का क्षेत्री केसीले ५ सय ६४ र रीमा केसीले २७१ मत ल्याउनुभएको छ । त्यस्तै सचिवमा टेकलाल खनाल ५४३ मत सहित विजयी हुनुभएको छ । सचिव पदका प्रतिष्पर्धी तेजबहादुर आलेले ४६८, भवानीप्रसाद ढुंगानाले २११ मत ल्याउनुभएको छ भने ध्रुबप्रसाद सुवेदीले १९७ र मणिप्रसाद पंगेनीले १७८ मत प्राप्त गर्नुभएको हो ।
यस्तै कोषाध्यक्षमा एमालेका रोशनबहादुर कुँवर विजयी हुनुभएको छ । उहाँले ५ सय ४२ मत ल्याएर कोषाध्यक्षमा निर्वाचित हुनुभएको हो । कोषाध्यक्ष पदका प्रतिष्पर्धी कृष्णबन्धु काफ्लेले ५०४ मत ल्याउनुभएको छ भने भुपराज डुम्रेले ३१९ र बासुदेव पौडेलले २१५ मत ल्यानुभएको छ । सदस्य खुल्लामा ताराप्रसाद श्रेष्ठ ४ सय मत ल्याएर विजयी हुनुभएको छ ।
सदस्य पदका प्रतिष्पर्धी सोमबहादुर गुरूङले २३१ मत, माधवप्रसाद कँडेलले २१७ मत, गोबबहादुर विश्वकर्माले २ सय मत ल्याउनुभएको छ । खेमराज खनालले १५३ मत, बुद्धिसागर सुवेदीले १४३ मत, सूर्यप्रसाद काफ्लेले १३८ मत र युक्तप्रसाद तिवारीले ११४ मत ल्याउनुभएको हो ।
त्यस्तै महिला सदस्यमा कृष्णकुमारी आले थापा ७ सय ७५ सहित विजयी हुनुभएको छ । महिला सदस्य पदका प्रतिष्पर्धी कमला भण्डारीले ५सय ८३ मत ल्याउनुभएको छ भने अप्सरादेवी एस्केले २ सय ४१ मत ल्याउनुभएको छ ।
कुल ३ हजार २९ जना मतदाता रहेकोमा १ हजार ७३९ मत खसेको थियो । ९ सदस्यीय हुने समितिमा ३ सदस्य पछि मनोनित गरिनेछ । पछि मनोनित गरिने ३ सदस्य मध्येमा निवर्तमान अध्यक्ष पदेन सदस्य रहने व्यवस्था रहेको छ भने १ महिला र १ पुरुष गरि २ सदस्य थप हुनेछन् ।

Google search engine
Google search engine