पत्रकार माथि आक्रमण भएको घटनाप्रति पत्रकार महासंघ स्याङ्जाद्धारा निन्दा

0
60
Google search engine

वालिङ, १६ चैत ।
नेपाल पत्रकार महासंघ स्याङ्जाले पत्रकार तथा सञ्चार क्षेत्रमाथि भएको आक्रमणको विषयमा ध्यानार्कषण जनाएको छ । महासंघका अध्यक्ष प्रदिप कोईराला र सचिव हरिप्रसाद सुवेदी शुसिलद्धारा जारी प्रेस विज्ञप्तिमा शान्तिपुर्ण आन्दोलनको नाममा अराजक गतिविधिलाई प्रश्रय दिईरहेको समूहले सञ्चार गृह तोडफोडदेखि पत्रकार माथि आर्कमण भएको विषयमा ध्यानार्कषण जनाएको हो ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामिाथ धावा बोल्ने दुसित मनासयले भएका गतिविधिप्रति महासंघले खेद प्रकट गरेको छ । शुक्रबार काठमाडौँमा भएको आन्दोलनका क्रममा अन्नपुर्ण मिडियाको भवन तोडफोड गर्ने, हिमालयन टिभिको सवारी तोडफोड गर्ने र कान्तिपुर मिडियाको भवनमा ढुंगा हान्ने जस्ता गतिविधिको महासंघले भत्र्सना गरेको छ । प्रेस अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकार तथा लोकतन्त्रको विरुद्धमा भएका यस्ता गतिविधिको नियन्त्रण र कडा कारबाही हुनुपर्ने महासंघको माग छ ।
आन्दोलनको नाममा सञ्चारकर्मीको हत्या गर्ने प्रेस जगतलाई आतकिंत र त्रसित बनाउने गलत गतिविधिलाई स्वीर्कान नसकिने भन्दै विधिको शासनको पालन गर्न तयार भएको पत्रकारिता क्षेत्रमाथि भएको आक्रमण निन्दनिय भएको महासंघको ठहर छ । राजसंस्था पुर्नस्थापनाको माग राख्दै भएको आन्दोलनमा सहभागि अराजक समूहको चपेटामा समाचार संकलनको क्रममा पुगेका सञ्चारकर्मीले जलेर मृत्युवरण गर्नुपरेको घटनाको महासंघले निन्दा गरेको छ ।
शुक्रबार समाचारका लागी भिडियो खिचिरहेका एभिन्युज टिभिका सुरेश रजक आन्दोलनका क्रममा आन्दोलनकारीको आगलागीका कारण भवन भित्रै थुनिएर आगोलागीमा परेर मृत्यु भएको थियो । यस्ता अमानविय घटनाको भत्र्सना गर्दै नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाले घटनाको सुक्ष्म छानविन गरी दोषीलाई कानुनी कारबाही गर्न माग गरिएको छ ।

Google search engine
Google search engine