प्रथम पिंक सिटि महोत्सव वालिङको मिति स¥यो, चैतमा समापन हुने

0
61
Google search engine

वालिङ, २७ माघ ।
वालिङमा यही फागुन ९ गते देखी हुने भनिएको प्रथम पिंक सिटि महोत्सवको मिति सारिएको छ । वालिङको सान, कृषि, खेलकुदहरु, कला संस्कृति, पर्यटन तथा औद्योगिक विकास हाम्रो पहिचान भन्ने मुल नाराका साथ वालिङ चेम्बर अफ कमर्सले आयोजना गर्न लागेको प्रथम पिंक सिटि महोत्सवको मिति पछाडि सारिएको हो । आगामी फागुन ९ गतेदेखी १८ गते सम्म हुने भनिएको महोत्सवको पछाडि सारिएको मितिअनुसार फाल्गुन २१ गतेदेखि चैत्र ३ गतेसम्म सञ्चालन गरिने भएको छ । चेम्बर अफ कमर्सले आईतबार प्रेस विज्ञप्ति जारी गर्दै महोत्सवको मिति पछाडि सारिएको जानकारी गराएको हो ।

Google search engine


चेम्बरले आयोजना गरेको महोत्सवको नारा र वालिङ उद्योग वाणिज्य संघले गर्ने महोत्सवको नारा मिल्दोजुल्दो भएको, स्याङ्जा सदरमुकाममा आयोजित स्याङ्जा महोत्सवको मिति एकै समयमा परेको कारण देखाउँदै महोत्सवको मिति पछाडि सारिएको हो । वालिङ उद्योग वाणिज्य संघ, स्याङ्जा उद्योग वाणिज्य संघ, यहाँका राजनीतिक दल, संघसंस्थाहरुको सुझावलाई ग्रहण गर्दै मिति पछाडि सारिएको चेम्बरका महासचिव गणेश राउतद्धारा निकालिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । यही माघ २१ गते बसेको बैठकले आर्थिक सामाजिक सम्पन्न समाज, समृद्ध वालिङ भन्ने नाराका साथ प्रथम पिंक सिटि महोत्सव वालिङ २०८१ फाल्गुन २१ गतदेखि चैत्र ३ गतेसम्म सञ्चालन गरिने विज्ञप्तिमा उल्लेख छ ।

Google search engine