जिल्लास्तरीय फुटबल लिगको उपाधी भूपू सैनिक स्कूल वालिङलाई

0
176
Google search engine

वालिङ, २१ माघ ।
स्याङ्जाको वालिङ खेलमैदानमा सञ्चालन भएको जिल्लास्तरीय फुटबल लिगको उपाधी भूपू सैनिक बोर्डिङ स्कूल वालिङले जितेको छ । वालिङ युनाईटेड फुटबल क्लब वालिङको आयोजनामा १४ वर्ष मुनीको उमेर समूहको अन्तर विद्यालयस्तरीय फुटबल लिग प्रतियोगिताको उपाधी भूपू सैनिक स्कूल वालिङले जितेको हो । सोमबार वालिङ खेलमैदानमा भएको फाईनल खेलमा भूपू सैनिक बोर्डिङ स्कूल वालिङले ज्ञानोदय बोर्डिङ स्कूल राङखोलालाई ट्राईब्रेकरमा ४–३ ले जितेको हो । निर्धारित समयमा दुबै विद्यालयले गोलरहित बराबरी भएपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो । स्याङ्जाका विभिन्न १४ वटा विद्यालयहरुले सहभागिता जनाएको उक्त प्रतियोगिता लिगका आधारमा खेलाईएको थियो ।

Google search engine

प्रतियोगिताको विजेता भूपू सैनिक बोर्डिङ स्कूल वालिङले नगद ४० हजारसहित शिल्ड, मेडल र प्रमाण प्राप्त गरेको छ । द्वितीय भएको ज्ञानोदय बोर्डिङ स्कूलले नगद २० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने तृतीय भएको पूर्णामृत भवानी माविले नगद १० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगितामा विभिन्न विधामा सर्वोत्कृष्ट खेलाडीहरुलाई विधागत पुरस्कार वितरण गरिएको थियो ।
प्रतियोगिताका विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गर्नुहुँदै राष्ट्रिय खेलाडी तथा खेलाडी संघका अध्यक्ष बिक्रम लामाले खेलाडीहरुले खेलसँगसँगै शिक्षा क्षेत्रलाई पनि अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले खेलमैदान भित्रमात्रै नभई बाहिर पनि खेलाडीहरुले उत्तिकै अनुशासनको ख्याल गर्नुपर्ने बताउनुभयो । सफलता प्राप्तिकालागि सपना देख्नुपर्ने बताउँदै देखिएको सपना साकार पार्नकालागि कडा मेहनत, लगनशिलता र अनुशासनको आवश्यकता पर्ने धारणा राख्नुभयो । पुरुष खेलकुद जस्तै आगामी दिनमा महिलाहरुको पनि प्रतियोगितात्मक खेलहरु सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो । वालिङ युनाईटेड फुटबल क्लबका कार्यवहाक अध्यक्ष सुबिन्द्र गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सहसचिव तोलाकान्त बगालेले र स्वागत क्लबका सचिव तथा प्रतियोगिता संयोजक केशरबहादुर थापा (राजन) ले गर्नुभएको थियो ।

Google search engine