सशस्त्र प्रहरी बल नेपाल नं ३० गुल्म हेडक्वाटर सातौं युनिट स्थापना दिवस

0
66
Google search engine

वालिङ, १० माघ ।
सशस्त्र प्रहरी बल नेपाल नं ३० गुल्म हेडक्वाटर स्याङ्जाको सातौं युनिट स्थापना दिवस बिहीबार एक कार्यक्रमका बीच मनाइएको छ । युनिट स्थापना दिवसको अवसरमा बोल्नुहुँदै नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय पोखराका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कुलबहादुर नेम्बाङले सकारात्मक सोच, जोस र जाँगरका साथ सशस्त्र प्रहरी जवानहरूलाई अगाडि बढ्न हौसला प्रदान गर्नुभयो । यसका साथै देशमा शान्ति व्यवस्था कायम राख्न आगामी दिनमा परिष्कृतरूपमा लाग्न पनि उहाँले निर्देशन गर्नुभयो । ३० नं गुल्म सशस्त्र प्रहरीको कार्य प्रगति तथा निरीक्षण अनुगमनकाक्रममा उत्कृष्ट भई पुरस्कृत भएकोमा बधाई ज्ञापन गर्नुभएको थियो ।

Google search engine

कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गरेका, खेलकुद प्रतियोगितामा विजयी भएका सशस्त्र प्रहरी जवानहरूलाई सम्मान पत्र तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिएको थियो । साथै व्यारेकलाई यो स्थानसम्म ल्याइपु¥याउनका लागि विभिन्न पक्षबाट सहयोग गर्नुभएका सामाजिक व्यक्तित्वहरु, शहीद परिवारलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो । कार्यक्रममा नम्बर ३० गुल्मका गुल्मपति लिलाबहादुर भुजेलले गुल्मका गतिविधिसहित धन्यवाद व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सशस्त्र प्रहरी निरीक्षक मीनबहादुर केसीले गर्नुभएको थियो ।

Google search engine