कांगे्रस क्षेत्रिय समितिद्धारा गण्डकी प्रदेश सांसद सुनिता थापालाई बधाई

0
59
Google search engine

वालिङ, २२ पौष ।
स्याङ्जाको वालिङमा गण्डकी प्रदेश सांसद सुनिता थापालाई शुभकामना एवं बधाई व्यक्त गरिएको छ । सोमबार वालिङमा नेपाली कांगे्रस क्षेत्र नं. २ स्याङ्जाले एक कार्यक्रमको आयोजना गरि थापालाई सम्मान गरेको हो ।
कार्यक्रममा गण्डकी प्रदेशका पुर्व मन्त्री तथा नेपाली कांगे्रस केन्द्रिय सदस्य सरस्वति अर्यालतिवारीले सांसद थापा दक्ष र योग्य व्यक्ति भएको भन्दै नागरिकको सेवामा समर्पित हुँदै अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । नेपाली कांगे्रसले व्यक्ति विशेषलाई भन्दा संगठन र देशलाई हीतमा राखेर काम गर्ने पार्टी भएको भन्दै अहिले देशको आवश्यकता आर्थिक विकास भएको तिवारीको भनाई थियो । साथै उहाँले देशको आवश्यकतालाई पुरा गरेर मुलुकको अर्थतन्त्रलाई पुरानै लयमा ल्याउनका लागी कांगे्रसबाट मात्रै संभव रहेको बताउनुभयो ।
कार्यक्रममा सांसद थापाले आँफू फरक क्षमताको भएपनि फरक क्षमतासंगै सबै नागरिकको हितमा आफ्नो भुमिका रहने बताउनुभयो । देशको सर्वोपरी हितको लागी काम गर्न कुनै कसर बाँकी नराख्ने थापाको भनाई थियो । कार्यक्रममा क्षेत्र नं. २ का सभापति दिलिपप्रताप खांणले व्यवस्थापीकाको काम कानुन बनाउने भएको भन्दै कानुनकै कारणबाट देशमा कतिपय समस्या सृजना भएको बताउँदै माननियहरुले गहन छलफल गरी कानुन निर्माण गर्नुको साटा, बाटो र कुलो भन्दै हिंड्दा देशले आर्थिक जटिलता व्यहोरेको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांगे्रस कार्यबाहक जिल्ला सभापति केदार काफ्ले, जिल्ला सचिव दामोदर लम्साल, महाधिवेसन प्रतिनिधि सुनिता उच्चै, रेडियो आँधीखोलाका अध्यक्ष शान्ता थापालगायतले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम क्षेत्रिय सभापति खांणको सभापतित्वमा सम्पन्न भएको थियो भने संचालन क्षेत्रिय सचिव फणिनारायण रेग्मी दिपक र स्वागत क्षेत्र नं. २ प्रदेश क का सभापति अर्जुनप्रसाद खनालले गर्नुभएको थियो ।

Google search engine
Google search engine