पत्रकार महासंघ स्याङ्जाको साधरण सभा तथा अधिवेशनका अवसरमा ३ पत्रकार सम्मानित

0
78
Google search engine

वालिङ, २५ मंसिर ।
नेपाल नका अवसरमा स्याङ्जाका ३ जना क्रियाशिल पत्रकारहरु सम्मानित भएका छन् । मंगलबार स्याङ्जामा आयोजित साधारण सभा तथा अधिवेसनको अवसरमा पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्य प्रकाश डोटेल, प्रेस चौतारी केन्द्रिय सदस्य हिमलाल पराजुली र गल्याङ एफएमका स्टेशन म्यानेजर केपि खनाल सम्मानित हुनुभएको हो । महासंघले क्रियाशिल पत्रकारिता पुरस्कारबाट ३ जना क्रियाशिल पत्रकारहरुलाई नगद, सम्मानपत्र र खादाले सम्मान गरेको हो । नगद ५ हजार ५५५ सहित सम्मानपत्रले उहाँहरु सम्मानित हुनुभएको हो ।
साधारण सभा तथा पत्रकार सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै संघिय सांसद राजु थापाले पछिल्लो समय पत्रकारिता र राजनीति पैसा केन्द्रित हुँदा मुलुक पछाडि परेको भन्दै राजनीति र पत्रकारिता समाज परिर्वतनका लागी गरिने समाजसेवा भएको बताउनुभयो । पत्रकार, नेतालाई हेर्ने नजर परिर्वतन गर्न आवश्यक रहेको भन्दै देशको विकासका लागी राष्ट्रिय संकल्प आवश्यक रहेको थापाले बताउनुभयो । सांसद थापाले भन्नुभयो, “पत्रकारिता राज्यको चौँथो अंग हो श्रमजीवी पत्रकारलाई राज्यले संरक्षण गनुपर्छ । म प्रेस स्वतन्त्रताको पक्षमा छु । प्रेस स्वतन्त्र हुनुपर्छ प्रेसलाई अंकुस लगाउनेको विरुद्धमा म उभिँदै आएको छु ।”
प्रेसको मर्म र भावना अनुसार पत्रकारले कलम चलाउनुपर्ने भन्दै ज्यानलाई दाउमा राखेर पत्रकारहरुले कलम चलाएको, कलम चलाउँदै गर्दा शहिद भएको स्मरण गर्दै निस्वार्थ भावनाले पत्रकारिता गर्नुपर्नेमा उहाँको जोड थियो । पत्रकारहरुले धेरै कठिन परिस्थितिमा समेत कलम चलाएको राज्य, समाज परिर्वतनका लागी महत्वपुर्ण योगदान पु¥याएको इतिहास रहेको बताउँदै भ्रष्ट्राचारका विरुद्ध कलम चलाउन उहाँको आग्रह थियो । कार्यक्रममा पुर्व मन्त्री पञ्चराम गुरुङले सत्य तथ्य घटनालाई बाहिर ल्याउने पत्रकारको धर्म रहेको भन्दै पत्रकार पार्टीको हतियार बन्न नहुँने बताउनुभयो ।

Google search engine


कार्यक्रममा प्रदेश सांसद कल्पना तिवारीले महासंघको भवन निर्माणका लागी प्रदेशबाट पहल गर्ने बताउँदै स्याङ्जामा पत्रकारिताको छवि राम्रो रहेको भन्दै सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद जिटि, उपप्रमुख खड्कराज सुवेदी, पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य प्रकाश डोटेल, नेपाली कांगे्रसका नगरप्रवक्ता भरत लम्साल, पत्रकार महासंघका पुर्व अध्यक्ष ओमप्रकाश शर्मा, प्रेस सेन्टरका प्रदेश अध्यक्ष अर्जुन काफ्ले, प्रेस युनियनका जिल्ला अध्यक्ष तोलाकान्त बगाले, प्रेस चौतारी जिल्ला अध्यक्ष शुसिल सुवेदीलगायतले पत्रकार महासंघलाई साझा संस्थाको रुपमा विकास गर्न श्रमजिवी पत्रकार सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रम पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देलको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत वरिष्ठ उपाध्यक्ष राधाकृष्ण डुम्रे, संचालन सचिव प्रतिक्षा काफ्ले र धन्यवाद उपाध्यक्ष भवानी अधिकारीले गर्नुभएको थियो । अधिवेसनले आगामी ३ वर्षका लागी नयाँ कार्यसमिति निर्वाचित गर्नेछ । निर्वाचनका लागी बुधबार मनोनयन दर्ता, विहिबार अन्तिम नामावली प्रकाशन र शुक्रबार निर्वाचन हुँनेछ ।

Google search engine