वालिङ, १ मङ्सिर ।
गल्याङ १ उत्तरबाहिनीमा भएको मातापिता पूजन एवम् दामोदर महोत्सव सम्पन्न भएको छ । कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानले अक्षयकोष स्थापनार्थ आयोजना गरेको दामोदर महोत्सव समग्रमा सफल भएको आयोजकले जनाएका छन् । विद्यादान, अन्नदान र जीवनदानका लागी अक्षयकोष स्थापनार्थ यही कार्तिक ९ गतेदेखि ३० गतेसम्म मातापिता पूजन एवम् दामोदर महोत्सवको आयोजना गरिएको थियो । महोत्सवको आयव्याय केहि दिनमै सार्वजानिक गर्ने आयोजकले जनाएका छन् ।
शनिबार उत्तरबाहिनी प्रतिष्ठानको सभाहलमा महोत्सव सफल पार्नका लागी सहयोग गर्नुहुँने विभिन्न व्यक्ति, संघसंस्था, सञ्चारकर्मी, सुरक्षानिकायलगायत प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्नुहुँनेलाई सम्मानपत्रले सम्मान गरिएको थियो । कार्यक्रममा पुर्व सांसद शंकरप्रसाद पाण्डेले नेपालमा केहि हुन्न भन्ने भ्रम फैलिएको भन्दै यो भ्रमलाई चिर्दै प्रतिष्ठानले स्वास्थ्य, शिक्षा र रोजागरीको ग्यारेन्टी सहित गुरुकुल संचालन गरिरहेको बताउनुभयो ।
पाल्पा र स्याङ्जाको संगमस्थलमा रहेका गुरुकुलमा निकुल्क रुपमा विद्यार्थीहरुले संस्कारसंगै आधुनिक प्रणालीको शिक्षा लिईरहेको पुर्व सांसद पाण्डेले बताउनुभयो । मुलुकमा अछुत भन्ने मात्र भ्रष्टाचारी रहेको भन्दै भ्रष्टाचारीसंग छोईन पनि नहुँने र भ्रष्टाचारीलाई अछुत भन्नुपर्ने बताउनुभयो । सार्वजानिक पदमा बसेर भ्रष्टाचार गर्नेलाई अछुतो व्यवहार गर्नुपर्ने भन्दै अन्य सबै सर्वसाधारण जिवन धारण गरेका मान्छे सबै एक भएको उहाँको भनाई थियो । अन्याय गर्नेलाई सँजाय र न्याय गर्नेलाई प्रोत्साहन गर्ने परिपाटीका साथ अगाडि बढेमा देश विकास गर्न सकिने उहाँले बताउनुभयो ।
कार्यक्रममा चर्चित भजन सर्जक तथा साहित्यकार हिरालाल कँडेलले आफ्नो पारिश्रामीक बापतको रकम समेत गुरुकुललाई प्रदान गर्नुभएको छ । आँफूले ५ दिनसम्म महोत्सवमा बसेर भजन गायकीबाट प्राप्त गरेको रकम प्रदान गर्दै प्रतिष्ठानको आजिवन सदस्यता प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्ण महाराजबाट ग्रहण गर्नुभयो । अध्यक्ष चैतन्य कृष्ण महाराजले शालग्राम जननी उत्तरतर्फ बहेको गण्डकी नदीमा देव तथा पितृकार्यका लागी टाढा टाढाबाट भक्तजनहरु आउने गरेको भन्दै बताउँदै यहाँको धार्मिक तथा ऐतिहासिक महत्व रहेको बताउनुभयो ।
पछिल्लो समय मातापिता सेवा भाव हराउन थालेको भन्दै मातापिताप्रतिको सेवाभाव जागृत बनाउन पनि यो महोत्सवले टेवा पुगेको भन्दै महोत्सव सफल पार्न सहयोग गर्नुहुँने सबैलाई उहाँले धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव सोमनाथ न्यौपानेले गर्नुभएको थियो । महोत्सव अवधिभर मानव सेवा फाउण्डेसनलगायत अन्य संस्थासंस्थाले पनि स्वंयमसेवकको भुमिका निर्वाह गरेको स्वयंमसेवक संयोजक भरत बगालेले बताउनुभयो । महोत्सव अवधिभर महोत्सवमा पाल्नुभएका भक्तजनहरुको सेवा, सुविधा र सहजताका लागी स्वयंमसेवकहरुले सेवा दान गरेका संयोजक बगालेले बताउनुभयो ।