वालिङ, १७ भदौ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लालचन्द्र गैह्रे केन्द्रीय सल्लाहकारमा नियुक्त हुनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिले भदौ १४ गते गैह्रेलाई केन्द्रीय सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो । राप्रपाको संस्थापक सदस्यसमेत रहनुभएका गैह्रे विगत लामो समयदेखि पार्टीका विभिन्न भूमिकामा सक्रिय भएर लागिरहनुभएको छ । दश वर्ष प्रधानपञ्च भई गैह्रेले नागरिकको सेवा गर्नुभएको थियो । उहाँ वि.सं २०४८ सालदेखि राप्रपामा निरन्तररुपमा सक्रिय रहनुभएको छ । यसअघि उहाँ २०६० सालमा वालिङ नगरपालिकाको नगर प्रमुखमा नियुक्त हुनुभएको थियो ।