वालिङ, १४ भाद्र ।
वालिङ नगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ को आयव्यय बजेट विवरण सार्वजानिक गरेको छ । नगरपालिकाले बिहीबार नगरपालिका सभाहलमा नगरको बजेटको विवरण पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा पत्रकार हरुले उठाएका विषयहरुमा नगरप्रमख कृष्ण खाँणले वालिङ नगरपालिकाको विकास र समृद्धिको लागि सवै एकजुट हुनुपर्ने, साना मसिना कुराम विवाद तर्फ लागियो भने सिँगो नगरपालिका असफल हुने धारणा व्यक्त गर्नुभयो । बजारमा आएको हल्ला जस्तो नभइ बजेट विधि र प्रक्रियाबाट आएको उल्लेख गर्दै सवै जनप्रतिनिधि कर्मचारीहरुलाइ बजेट कार्यान्वयनमा जोड दिनुभएको थियो ।
आम्दानी शिर्षकमा आन्तरिक र संघिय तर्फ ८९ करोड ८४ लाख ६८ हजार ७४१ रहेकोमा आन्तरिक स्रोत तथा विभिन्न शिर्षकको ६ करोड, गत वर्षको अल्या ९ करोड ६६ लाख ९३ हजार २४१, संघिय सरकार राजस्व बाँडफाँड १२ करोड ९८ लाख, वित्तिय समानीकरण अनुदानमा १५ करोड १० लाख, समपुरक अनुदानतर्फ २ करोड ८५ लाख, विषेश अनुदान तथा चालु पुँजीगत १ करोड २० लाख र शर्सत अनुदान चालुतर्फ ४२ करोड ४ लाख ७५ हजार ५०० रहेको छ ।
त्यस्तै प्रदेश सरकारबाट वित्तिय समानीकरण अनुदानमा २ करोड १० लाख २२ हजार, समपुरक अनुदानतर्फ १ करोड, राजस्व बाँडाफाँड सवारी साधानतर्फ १ करोड ५७ लख २६ हजार, राजस्व बाँडफाँड दहत्तर बहत्तर तर्फ ६० लाख, घरजग्गा रजिटे«शन १ करोड, विज्ञापन कर बापत १ लाख ९८ हजार गरी कुल ६ करोड २९ लाख ४६ हजार, मर्मत सम्भार कोष खाता ६३ लाख रहेको छ । यसरी आम्दानी तर्फ संघिय, आन्तरिक र प्रदेश गरी कुल ९६ करोड ७७ लाख १४ हजार ७४१ रकम रहेको छ ।
तयस्तै खर्चतर्फ संघिय आयोजना तथा कार्यक्रम तर्फ ४६ करोड ९ लाख ७५ हजार ५००, प्रदेश सरकार समानीकरण अनुदानतर्फ २ करोड १० लाख २२ हजार, बजेट उप शीर्षक वित्तिय समानीकरण अनुदानतर्फ १५ करोड १० लाख, राजस्व बाँडफाँट सवारी साधन प्रदेश सरकारतर्फ १ करोड ५७ लाख २६ हजार, संघीय सरकार राजस्व बाँडफाँड १२ करोड ९८ लाख, दहत्तर बहत्तर, ढुंगा गिटी बालुवा, विज्ञापनतर्फ ६१ लाख ९८ हजार, विपद व्यवस्थापन १ करोड, आन्तरीक स्रोत अल्या समेत तर्फ १५ करोड ६६ लाख ९३ हजार २४१, मर्मत सम्भार कोष खाता संचालन हुने योजनाहरुतर्फ ६३ लाख गरी ९६ करोड ७७ लाख १४ हजार ७४१ रुपैँयाको बजेटको विवरण नगरप्रवक्ता पदमराज गुरुङले प्रस्तुत गर्नुभएको थियो ।
यसैबीच आफ्नो अनुपस्थितिमा नगरप्रमुखले पत्रकार सम्मेलन गरी बजेट सार्वजानिक गरेको भन्दै उपप्रमुख कविता तिवारी गैह्रेले असहमति जनाउनुभएको छ । नगरको १६औँ नगरसभामा प्रस्तुत भएको बजेट विभिन्न छलफलबाट नगरप्रमुखबाट प्रमाणिकरण भईसकेको बजेट कार्यान्वयन गरी निहित स्वार्थको लागी नगरपालिकाको बजेट भनी गैह्र जिम्मेवार ढंगबाट अर्कै दस्तावेज बजेटको रुपमा पत्रकार सम्मेलनमा प्रस्तुत गरिएको भन्दै उपप्रमुख कविता तिवारी गैह्रले विज्ञप्ति जारी गर्दै असहमति जनाउनुभएको हो ।
आर्थिक वर्ष शुरु भएको ढेड महिना पुगीसक्दा नगरसभाबाट पारित भएको बजेट कार्यान्वयन नगरी विकास निर्माणका काम अलपत्र पारी नागरिकको हक अधिकार कुण्ठित गर्ने कार्य गरेको भन्दै उपप्रमुख तिवारीले विज्ञाप्ति मार्फत ध्यानार्कषण गराउनुभएको हो ।