जिल्ला स्तरीय तिज गीत प्रतियोगिता सम्पन्न, गल्कोट मावि प्रथम

0
210
Google search engine

वालिङ, १४ भाद्र ।
स्याङ्जाको वालिङमा जिल्ला स्तरीय तिज गीत प्रतियोगिता सम्पन्न भएको छ । शैक्षिक गुणस्तर हाम्रो इच्छा, सबैको रोजाई बाल शिक्षा भन्ने नाराका साथ बाल शिक्षा निकेतन आधारभुत विद्यालय वालिङ ११ गब्देको आयोजनामा जिल्ला स्तरीय तिज गीत प्रतियोगिता सम्पन्न भएको हो । कार्यक्रममा बोल्नुहुदै गण्डकी प्रदेशका अर्थ विकास समितिका सभापति भोजराज अर्यालले विद्यालयले तिजको मौलिकपनालाई जर्गेना गर्दै हाम्रा संस्कार र संस्कृति संर्वद्धनको लागी यस प्रकारको प्रतियोगिता आयोजना गर्नु निकै प्रशंसनिय कार्य भएको बताउनुभयो ।

Google search engine

साथै हाम्रा मौलिक परम्परा, चाडपर्व तथा धार्मिक उत्सावहरुले पारस्परिक भावनाको विकास गर्ने बताउँदै यस खालका पर्वहरु बचाईराख्न सबैले आ–आफ्नो ठाउँबाट पहल गनुपर्नेमा उहाँको जोड छ । कार्यक्रममा प्रदेश सांसद कल्पना तिवारीले अबको तिज पर्व महिला शसक्तिकरणका लागी हुनुपर्ने भन्दै देखासिकी र तडकभडक रहित उत्सवको रुपमा तिज मनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा धु्रर्व प्रसाद शर्मा पंगेनी, नेपाली कांग्रेस वालिङ नगर सभापति नेत्र प्रसाद पाण्डे, वालिङ शिक्षा शाखा उपसचिव ख्याम नारायाण काफ्ले, वालिङ ११ का वडा अध्यक्ष डण्डपानी पंगेनी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा जिल्लाका विभिन्न स्थानका १९ विद्यालयको सहभागिता थियो । प्रतियोगितामा गल्कोट मावि गल्याङ ११ जिमुहा प्रथम भएको छ । यस्तै टापुभञ्ज्याङ मावि वालिङ ११ द्धितिय, पुर्णामृत भवानी मावि वालिङ, १० फुलबारी तृतिय, वालिङ स्कोलर्स अंग्रेजी आवसीय विद्यालय वालिङ १३ सान्तवना भएको छ ।
प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुनेले क्रमश ः ६ हजार, ५ हजार, ४ हजार ३ हजार ५ सय नगद सहित प्रमाण पत्र प्राप्त गरेका छन । कार्यक्रममा वालिङ टेलिभिजनका गोपाल जिटी,कलाकार अजुर्न गैह्रे, भगवती शर्मा पाण्डे निर्णायकको भुमिकामा रहनुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिमल अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत विद्यालयका प्रअ कृष्ण प्रसाद पंगेनीले र सञ्चालन शिक्षक शिव न्यौपानेले गर्नुभएको थियो ।

Google search engine