कुँवर समाज वालिङद्धारा तिजको दर खाने कार्यक्रम

0
125
Google search engine

आरती कुँवर
वालिङ, ८ भाद्र ।
कुँवर समाज वालिङले नजिकिदैँ गरेको हिन्दु नारिहरुको महान पर्व हरितालिका तिजको अवसरमा शुभकामना आदनप्रदान कार्यक्रम गरेको छ । कुँवर समाज हल वालिङ, ८ खेलमैदानमा तिजको दर सहित शुभकामना आदनप्रदान कार्यक्रम गरेको हो । कार्यक्रममा बोल्नुहुदै कुँवर समाजका केन्द्रिय सदस्य केश बहादुर कुँवरले तिजको शुभकामना व्यक्त गर्दै तिज पर्व दुख सुख साट्ने नेपाली दिदिबहिनीको महान पर्व भएकाले यस संस्कृतिको संरक्षणका लागी एकजुट हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा कुँवर समाज वालिङका वरिष्ठ सल्लाहकार क्याप्टेन भविश्वर कुँवर लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम कुँवर समाज वालिङका अध्यक्ष क्याप्टेन हेम बहादुर कुँवरको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सचिव क्याप्टेन दिपक कुँवरले गर्नुभएको थियो ।

Google search engine
Google search engine