भेषजराज साहित्य प्रतिष्ठानद्धारा गाईजात्रा विशेष साहित्यिक कार्यक्रम

0
240
Google search engine

वालिङ, ५ भाद्र ।
भेषजराज साहित्य प्रतिष्ठान वालिङले गाईजात्रा विशेष साहित्यिक कार्यक्रमको शुरुवात गरेको छ । प्रतिष्ठानले ७६औं रचना वाचन श्रृङखलाको आयोजना गरी गाईजात्रा विशेष साहित्यिक कार्यक्रमको शुरुवात गरेको हो । मासिकरुपमा नियमित रचना वाचन कार्यक्रम गर्दै आएको र मंगलबार गाईजात्रा पर्व परेको हुनाले यसै अवसरमा गाईजात्रा विशेष साहित्यिक कार्यक्रमको शुरुवात गरिएको प्रतिष्ठानले जनाएको छ । साथै अबदेखि यस गाईजात्रा विशेष कार्यक्रमलाई निरन्तरता दिदैं जाने पनि प्रतिष्ठानले जानकारी दिएको हो ।

Google search engine


कार्यक्रमको अवसरमा बोल्नुहुदै प्राज्ञ मुक्तिप्रसाद सुवेदीले आफ्नो रचानाबाट समाजको वास्तविकता व्यङ्ग्यात्मक प्रस्तुतिमा उतार्न सकिने बताउदै वालिङमा गाईजात्रा पर्वको थालनी भएसंगै देश परिवर्तनका लागी एउटा ईटा थपिएको बताउनुभयो । उहाँले प्रतिष्ठानले थालनी गरेको कार्यको प्रशंसा गर्दै जब सम्म देशमा परिवर्तन सम्भव देखिदैन तबसम्म साहित्य रचनाको माध्यमबाट आवाज बुलन्द पानुपर्ने उहाँको भनाई छ ।


वालिङ बजार मोडमा गरिएको कार्यक्रममा शम्भु अर्याल, धु्रव प्रसाद शर्मा पंगेनी, यमकान्त खनाल, मिलन समिर, डोलराज सुवेदी, विष्णु पंगेनी पाण्डे, निलकण्ठ लम्साललगायतले विभिन्न व्यङ्ग्यात्मक रचना वाचन गर्नुभएको थियो ।

Google search engine