स्याङ्जामा यो वर्षको धान रोपाई सकियो

0
149
Google search engine

वालिङ, ३१ साउन ।
स्याङ्जामा यो वर्षको धान रोपाइँ सकिएको छ । पर्याप्त वर्षाका कारण यो वर्ष जिल्लामा ९९ प्रतिशत धान रोपाइँ भएको कृषि ज्ञान केन्द्रका प्रमुख बिनोद हमालले बताउनुभयो । समयमै वर्षा शुरु भएको र पर्याप्त वर्षा भएका कारण यो वर्ष ९९ प्रतिशत धान रोपाइँ भएको प्रमुख हमालले बताउनुभयो । विगतका वर्ष भन्दा यो वर्ष धेरै प्रतिशत रोपाइँ भएको हो ।

Google search engine

गल्याङ र चापाकोटमा सिँचाईमा पहिरोका कारण केहि समय ढिला भएपनि रोपाइँ भने ९९ प्रतिशत भएको छ । प्रमुख हमालले भन्नुभयो, “चापाकोट र गल्याङको सिचाइँमा पहिरोका कारण रोपाइँ केहि समय रोकिएर सुचारु भएको थियो तर जिल्लामा राम्रो रोपाइँ भएको छ । गल्याङमा २० हेक्टर र चापाकोटमा ३० हेक्टरमा रोपाइँ हुन सकेन् ।”


पछिल्लो समय कृषकहरु यान्त्रिकिकरणमा आर्कषित, हुनु उन्नत जातका धानका बिउको रोजाई र पर्याप्त वर्षा भएका कारण यो वर्ष धेरै रोपाइँ भएको हो । स्याङ्जामा १० प्रतिशतमा हाईब्रिड धानका जात लगाएपनि अधिकांश उन्नत जातका धान नै किसानहरुले लगाउने गरेका छन् । उन्नत जातका धानको चामल मिठो हुनु, रोग किराले छिटो आक्रमण नगर्ने, अर्को पटक बिउ राख्न सकिने भएपछि कृषकहरुको आर्कषण उन्नत धानमा बढ्दो छ । जिल्लामा १२ प्रतिशत क्षेत्रमा हल गोरुको प्रयोग गरिएपनि धेरै स्थानहरुमा हाते ट्याक्टर तथा ठुलो ट्याक्टरको प्रयोग हुने गरेको छ । यहाँका कृषकहरुले सुनौलो सुगन्ध, रामधान, सावित्रिलगायतका उन्नत धान लगाउने गरेका छन् ।


जिल्लामा १४ हजार हेक्टरमा वर्षे र २ हजार हेक्टर क्षेत्रफलमा हिउँदे गरी १६ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष २ हजार हेक्टर क्षेत्रफल धान रोपाइँ हुने क्षेत्रफल घटेको हो । यद्यपि धान रोपाइँ हुने क्षेत्रफलमा भने कृषकले मलखाद व्यवस्थापन, उन्नत जातको बिउ छनोट, मलको अभाव नहुनु कारणले उत्पादन भने राम्रो भईरहेको केन्द्रको तथ्यांक छ ।


स्याङ्जाको आँधीखोला किनार, कालीगण्डकी नदी किनार, ज्याग्दीखोला किनार, चापाकोट टार, रत्नपुर, कुवाकोट , गल्याङ, सेतीदोभान फाँटहरु र बिरुवा फाँटहरु धान खेतीका उर्वर क्षेत्र हुन। यहाँ तराईंका फाँटमा झैं धान उत्पादन हुन्छन् । यसै गरी, दहथुम, स्वरेक, खिलुङ, पुतलीबजार नगरपालिका, वालिङ नगरपालिका, चापाकोट, रत्नपुर, मल्यांकोट, चिन्नेवास, सेतीदोभान, बिरुवा, बिर्घा, अर्जुनचौपारी, राङभाङ, तुलसीभन्ज्याङ, जगतभन्ज्याङ पनि धान उत्पादन हुने प्रमुख क्षेत्रहरु हुन ।

Google search engine