गोठ भत्किंदा दुई जना घाईते, पशुचौपाया मरे

0
110
Google search engine

वालिङ, २१ असार ।
स्याङ्जामा भएको अविरल वर्षाकाकारण आज बिहान गोठ भत्किंदा दुई जना घाईते भएका छन् । स्याङ्जाको भीरकोट नगरपालिका ९ साउन्दी बस्ने ६७ को चन्द्रबहादुर सिंजालीको २ तले कच्ची गोठ भत्किएको हो । गोठ भत्किंदा चौपायालाई कुँडो दिन जानेक्रममा चन्द्रबहादुर सिंजाली र उहाँकी श्रीमती ५८ वर्षीय ठकुकुमारी सिंजाली सामान्य घाईते हुनुभएको हो । घाईतेहरुको ग्रह«ौं प्राथमिक अस्पताल वालिङमा उपचार भएको छ । गोठ भत्किंदा गोठमा रहेका एक भैंसी र दुई बाख्रा मरेका छन् भने एक भैंसी घाईते भएको छ । कालिकाकोट प्रहरी चौकी सिर्कोटबाट गएको प्रहरी टोली तथा स्थानीयले उद्दार गरेका थिए ।

Google search engine
Google search engine