SEE २०७९ र २०८० मा उत्कृष्ट GPA हासिल गर्ने विद्यार्थीहरुलाई सम्मान कार्यक्रम ।

0
256
Google search engine

मिति २०८१/०३/१९ गते वालिङ नगरपालिकाको सभा हलमा सञ्चालन भएको उक्त कार्यक्रममा सामुदायिक तथा संस्थागत विद्यालयबाट शैक्षिक सत्र २०७९ र २०८० मा नगरपालिकाभित्रबाट उत्कृष्ट हुने विद्यार्थीहरु र प्रधानाध्यापकको उपस्थिति रहेको थियो ।२०८० को SEE परीक्षामा वालिङ नगरपालिकामा सामुदायिक र संस्थागत गरी २६ वटा विद्यालयका कुल ८२३ विद्यार्थीहरु सहभागी थिए ।

Google search engine

जम्मा ५०.७९ प्रतिशत विद्यार्थीहरुले न्यूनतम GPA प्राप्त गरेका थिए। सम्मानको कार्यक्रम सामुदायिक विद्यालय तर्फबाट उत्कृष्ट  GPA प्राप्त गर्ने ३ जना र संस्थागत विद्यालयबाट उत्कृष्ट GPAप्राप्त गर्ने ४ गरी ७ जना र अघिल्लो शैक्षिक सत्रमा सामुदायिक र संस्थागत विद्यालयबाट उत्कृष्ट GPA ल्याउने ३ गरी जम्मा १० जना विद्यार्थीलाई प्रथम पुरस्कार  रु १५०००/ र सम्मान पत्र द्बितीय पुरस्कार रु १००००/ र सम्मान पत्र तथा तृतीय पुरस्कार रु ५०००/ र सम्मान पत्र प्रदान गरिएको थियो।शैक्षिक सत्र २०८० मा पुरस्कृत हुने  सामुदायिक विद्यालयतर्फ  श्री पूर्णामृत भवानी माध्यमिक विद्यालयका  श्री  दिप्सन न्यौपानेले  GPA 3.82  श्री पूर्णामृत भवानी माध्यमिक विद्यालय  द्बीतीय   दुर्गा बहादुर क्षेत्रीले   GPA 3.77 रणवीर जनहित माध्यमिक  विद्यालय  तृतीय बिटु कुमार यादव GPA  3.74  त्यसैगरी संस्थागत विद्यालयतर्फमा प्रथम पिस जोन इन्ट्रिग्रेटेड  एकेडेमीका  GPA  3.92 समिर सिंह प्रथम,त्यसैगरी   प्रथम नेपाल आदर्श माध्यमिक विद्यालयका GPA3.92, दुर्गा देवी रेग्मी  (समान जिपिए) द्बीतिय  बालविद्या विकास माध्यमिक विद्यालय  GPA 3.85 दिविशा खनाल,  तृतीय पायोनियोर्स  हायर एजुकेशन एकेडेमी GPA 3.84 सुजाता श्रेष्ठ , सामुदायिक विद्यालय २०७९ श्री पूर्णामृत भवानी माध्यमिक विद्यालय   समिक्षा भुसाल  GPA 3.8  श्री पूर्णामृत भवानी माध्यमिक विद्यालयकै   राजिव पंगेनी  GPA 3.8 र  २०७९ संस्थागत विद्यालय तर्फ  प्रथम   पिस जोन इन्ट्रिग्रेटेड  एकेडेमी  GPA 4.00   संगित भुसाल ले प्राप्त गरी सम्मानित भएका थिए ।

कार्यक्रम वालिङ नगरपालिका नगर उपप्रमुख कविता तिवारी गैह्रेको अध्यक्षतामा सञ्चालन गरिएको थियो ।सम्मान कार्यक्रममा बोल्दै नगर उपप्रमुख कविता तिवारी गैह्रेले प्रधानाध्यापक शिक्षक विद्यार्थी अभिभावक तथा नगरपालिका परिवार सबै मिलेर विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा लाग्नु पर्ने र त्यसका लागि बजेट तथा स्रोत साधनले भ्याएसम्म नगरपालिका शिक्षामा लगानी गर्न तयार रहेको बताउनु भयो।

Google search engine