वालिङ, १४ असार ।
माध्यमिक शिक्षा परिक्षा एसईई दिएका परिक्षार्थी मध्ये स्याङ्जामा १ हजार ७ सय २२ जना उतिर्ण भएका छन । विहिबार सार्वजानिक भएको एसईई परिक्षाको नतिजा अनुसार जिल्लाका १ हजार ७ सय २२ जनाले कक्षा ११ मा भर्ना हुन पाउने भएका हुन । स्याङ्जामा १ जनाले ४ जिपिए प्राप्त गरेका छन् । स्याङ्जाको त्रिभुवन आर्दश नमुना माध्यमिक विद्यालयका ४३००२३४ पि सिम्बोल नम्बर भएका शुसान्त मरासिनीले ४ जिपिए प्राप्त गर्नुभएको हो । पुतलीबजार नगरपालिका १ मा रहेको त्रिभुवन आर्दश नमुना माविका मरासिनी ४ जिपिए ल्याउने पहिलो बन्दै जिल्ला नै टप गर्नु भएको हो ।
२०६५ पुस १० गते पुतलीबजार नगरपालिका ३ मा बाबा कृष्ण प्रसाद मरासिनी र बसुन्धरा मरासिनीको कान्छो छोराको रुपमा जन्मनु भएको थियो । विद्यालयमा लगनशिल र तीक्ष्ण स्वभाव भएका मरासिनीले जिल्ला नै टप गर्नु भएको गणित शिक्षक शिब ढकालले बताउनुभयो । शिक्षा विकास तथा समन्वय इकाइ स्याङ्जाका अधिकृत तथा सुचना अधिकारी सुरेश सुवेदीका अनुसार साधारण तर्फ ३.६ देखि ४ जिपिए भित्रको जिपिए प्राप्त गर्ने १७२ जना रहेका छन् भने ३.६ देखि २ जिपिए भित्र ४४१ जना विद्यार्थी उत्तिर्ण भएका छन् ।
त्यस्तै ३.२ देखि २.८ जिपिए भित्र पर्ने ७१२ जना विद्यार्थी रहेका छन् भने २.४ देखि २.८ जिपिए प्राप्त गर्ने ३७७ र २.० देखि २.४ जिपिए ल्याउने २० जना गरी १ हजार ७२२ जनाले कक्षा ११ मा भर्ना हुन पाउने भएका छन् । त्यस्तै ननगे्रड प्राप्तमा २ हजार १९२ जना रहेका छन् । त्यस्तै प्राविधिक तर्फ ३.७ देखि ४ जिपि भित्रको जिपिए प्राप्त गर्ने २ जना, ३.६ देखि ३ जिपिए प्राप्त गर्ने १७ जना, २.८ देखि ३.२ प्राप्त गर्ने २४ जना र २.४ देखि २.८ जिपिए प्राप्त गर्ने ६ जना गरी ४९ जना उत्तिर्ण भएका छन भने प्राविधिकतर्फ १०९ जनाले एन जि अर्थात नन गे्रड प्राप्त गरेका छन् । जिल्लामा ४ हजार ७२ जनाले गत चैत्रमा एसईई दिएका थिए ।