एसईई २०८० को परिक्षाफल सार्वजनिक

0
217
National Examinations Board (NEB) Nepal. Photo: NEB
Google search engine

असार, १३ ।
राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको परिक्षाफल सार्वजनिक गरेको छ । परीक्षामा सहभागीमध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थीले मात्र ११ कक्षामा भर्ना हुन पाउने भएका छन् ।

Google search engine

बोर्डका अनुसार परीक्षामा सहभागी चार लाख ६४ हजार सात सय ८५ विद्यार्थीमध्ये दुई लाख २२ हजार चार सय ७२ जना कक्षा ११ मा भर्ना हुन योग्य भएका छन् । ननग्रेडिङ (एनजी) हुने विद्यार्थीको सङ्ख्या दुई लाख ४२ हजार तीन सय १३ रहेको छ । तीमध्ये दुई विषयमा एनजी हुने विद्यार्थी सङ्ख्या एक लाख १५ हजार आठ सय ३४ छ । उनीहरुले साउन १८ र १९ गते हुने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने बोर्डले जनाएको छ ।

ग्रेडवृद्धि परीक्षाको नतिजा एक महिनामा प्रकाशित हुनेछ । ग्रेडवृद्धि हुने विद्यार्थीले यसै शैक्षिक सत्रमा कक्षा ११ मा पढ्न पाउनेछन् । दुईभन्दा बढी विषयमा ननग्रेडिङमा पर्ने विद्यार्थीको सङ्ख्या एक लाख २६ हजार चार सय ७९ रहेको छ । उनीहरुले आउँदो वार्षिक परीक्षामा सहभागी हनुपर्नेछ । नतिजाअनुसार एक सय ८६ जनाले चार जीपीए ल्याएका छन् । जीपीए ३ दशमलव ६० देखि ४ ल्याउने विद्यार्थीको सङ्ख्या ३१ हजार दुई सय नौ रहेको छ ।

यस्तै ३ दशमलव २० देखि ३ दशमलव ६० जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या ६८ हजार दुई सय ५६ रहेको छ । यस्तै २ दशमलव ८० देखि ३ दशमलव २० जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या ७८ हजार आठ सय ७४ रहेको छ । जीपीए २ दशमलव ४० देखि २ दशमलव ८० ल्याउने ४१ हजार एक सय ७७ तथा जीपीए २ देखि २ दशमलव ४० ल्याउने दुई हजार नौ सय ५० रहेका छन् । यस्तै जीपीए १ दशमलव ६० देखि दुई ल्याउने विद्यार्थी छ जना रहेका छन् ।
नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । मोबाइलको एसएमएसमा SEE लेखेर एक स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर १६०० मा पठाएर नतिजा थाहा पाउन सकिन्छ । यस्तै आईभीआरको माध्यमबाट पनि नतिजा हेर्न सकिन्छ । १६०० डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा सुन्न सकिन्छ ।

राष्ट्रिय परिक्षा बोर्डको वेबसाईट result.see.gov.np/result मा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखि मार्कसिटसहितको नतिजा हेर्न सकिन्छ । यस्तै नेपाल टेलिकमको वेबसाईट www.see.ntc.net.np मा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखेर मार्कसिटसहितको नतिजा हेर्न सकिन्छ ।

Google search engine