दुधमा १० रुपैयाँ अनुदान दिएको वालिङले गाई खरिदमा ५० प्रतिशत अनुदान

0
300
Google search engine

वालिङ, ३२ जेठ ।
दुधमा प्रतिलिटर १० रुपैयाँ अनुदान दिदै आएको वालिङ नगरपालिकाले दुधमा आत्मनिर्भर बनाउने उद्देश्यले गाई खरिदमा समेत अनुदान प्रदान गरेको छ । व्यवसायिक रुपमा गाई पालन गर्दै आउनुभएका नगरभित्रका गाई पालक किसानका लागी यो अनुदान उपलब्ध गराईने भएको हो ।

Google search engine

दैनिक १५ लिटर दुध दिने होलिस्टन तथा जर्सी जातको गाई खरिदमा ५० प्रतिशत अनुदान प्रदान गरेको छ । नगरपालिकाले यसअगाडि सामूहिक रुपमा गाईपालन गर्न चाहानेका लागी नगरपालिकामा निवेदन दिन सार्वजानिक सूचना जारी गरेको थियो । सोही सूचना अनुसार सामुहिक रुपमा गाई पाल्न शुरु गरेका किसानहरु तथा फर्मलाई ५० प्रतिशत अर्थात प्रति गाई ५० हजार अनुदान प्रदान गरेको हो ।
नगरपालिका सभाहलमा आयोजित कार्यक्रममा विहिबार ३ ओटा समूहका ३० ओटा गाईको लागी अनुदान १५ लाख रुपैँयाको चेक सम्बन्धित समूह तथा किसानलाई हस्तान्तरण गरिएको हो । चेक हस्तान्तरण गर्दै वालिङ नगरप्रमुख कृष्ण खांणले नगरलाई दुधमा आत्मनिर्भर बनाउने उद्देश्यले यो कार्यक्रम अगाडि बढाईएको बताउदै यसअघि दुधमा अनुदानको समेत व्यवस्था गरेकाले अनुदान दिने कार्यक्रमको सही सदुपयोग गरी अगाडि बढ्न कृषकहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा उपप्रमुख कविता तिवारी गैह्रेले वालिङलाई दुध, तरकारी, मासु र अण्डामा आत्मनिर्भर बनाउनका लागी यस्ता कार्यक्रमहरु आगामि वर्षमा पनि संचालन गरिने भन्दै किसानहरुलाई उद्यमशीलतामा लाग्न जोड दिनुभयो ।
विहिबार ३० ओटा गाईको प्रति गाई ५० हजारका दरले १५ लाखको चेक किसानहरुलाई हस्तान्तरण गरिएको छ । मिलन दुग्ध उत्पादन सहकारी लिमिटेड वालिङ १३, अकला नमुना साना किसान कृषि सहकारी संस्था लिमिटेड वालिङ ८ र उन्नत गाईपालन समूह वालिङ १ किसानहरुलाई अनुदान बापतको रकम चेक मार्फत हस्तान्तरण गरिएको हो ।
उन्नत गाई पालन समूहका ८ जना किसानले १५ ओटा गाई खरिद बापतको ५० प्रतिशत, मिलन दुग्ध उत्पादन सहकारीका ३ जना किसानले १० ओटा गाई खरिद गरे बापतको ५० प्रतिशत अनुदान र अकला नमुना साना किसान कृषि सहकारी संस्थाका १ जना किसानले ५ ओटा गरी १२ जना किसानले ३० ओटा गाईको अनुदान प्राप्त गरेका हुन् ।
विभिन्न समुहमा रहेका किसानलाई यो वर्ष ७२ गाईको अनुदान प्रदान गरिनेछ । विभिन्न समुहहरुले दिएको निवेदनको आधारमा उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत र लेखा साखा सहितको संयुक्त टोलीले अनुगमन गरेपछि यो अनुदान वितरण कार्य शुरु गरिएको पशु साखा प्राविधिक डोलराज गैह्रेले बताउनुभयो । यसअघि नगरपालिकाले अकला नमुना कृषि सहकारी संस्थासंगको सहकार्यमा दुधमा प्रतिलिटर १० रुपैयाँ अनुदान दिएको थियो ।

Google search engine