वालिङ, ३० जेठ ।
स्याङ्जा थिंक ट्यांकले वालिङमा पहिलो पटक शिक्षा सिप तथा उद्यमशीलता मेलाको आयोजना गर्दैछ । स्थानीय स्तरमा उद्यमशीलता सुशासन, सीप केन्द्रित शिक्षा र युवाहरुमा नेतृत्व विकास गर्ने उद्देश्यले अगाडि बढेको थिंक ट्यांकले यही जेष्ठ ३२ गतेदेखि असार २ गतेसम्म शिक्षा सिप तथा उद्यमशीलता मेला गर्ने भएको हो ।
मेलामा देश तथा विदेशमा उद्यमशीलताको अनुभव बनाएका विभिन्न व्यक्तित्वहरुको सहभागिता रहनेछ भने विद्यार्थीहरुलाई आफ्नो प्रतिभा प्रर्दशन गर्ने मञ्चको रुपमा उक्त कार्यक्रमलाई सदुपयोग गर्ने अवसर प्रदान गर्दै उद्यमशीलता र विश्व बजारको बारेमा सोधखोज गर्ने समेत बानीको विकास गर्ने उद्देश्यले विभिन्न विषयमा वत्तृmत्वकला प्रतियोगिता पनि राखिएको थिंक ट्यांकका अध्यक्ष दिनकर नेपालले जानकारी दिनुभयो ।
स्थानीय उद्यमीको अनुभव, स्थानीय उत्पादनको प्रर्दशनी, विद्यार्थी तथा शिक्षकहरुसंग विद्यालयमा सिप शिक्षाबारे छलफल विद्यालय र क्याम्पसमा सीप र उद्यमशीलता प्रर्वद्धन, क्लबको स्थापना बारे परामर्श तथा स्याङ्जा स्टार्टअप फेस्ट भन्ने कार्यक्रम बारे जानकारी र विमर्स गरिनेछ ।
३ दिनसम्म चल्ने मेलामा पहिलो दिन मेलाको विषयमा जानकारी गराउने प्रस्तावहरुको प्रर्दशनी तथा स्टार्टअप फेष्टको घोषणा, स्थानीय उत्पादनको प्रर्दशनी, दोस्रो दिन विद्यालय स्तरीय वत्तृmत्वकला प्रतियोगिता, उद्यमशीलता र शिक्षाको विषयमा अन्र्तक्रिया गरिनेछ भने तेस्रो तथा अन्तिम दिन स्थानीय उद्यमीहरुको अनुभव, विद्यार्थीका लागी जानकारीमुलक कार्यक्रमलगायतका कार्यक्रमहरु समावेश गरिनेछ ।