गौशालाका तीन कर्मचारी सम्मानित

0
173
oppo_2
Google search engine

तोलाकान्त बगाले
वालिङ, १६ जेठ ।
स्याङ्जाको वालिङ नगरपालिका ८ काफलडाँडास्थित गौशालामा काम गर्दै आएका तीन जनालाई सम्मान गरिएको छ ।
धुनी शिवालय फूलबारी गुठी गौशाला आश्रम स्थापनादेखि नै गाईको स्याहार सुसार गर्दै आएका तीन जनालाई शनिबार सम्मान गरिएको हो ।
गाईपालन झण्झटिलो मान्ने र रुचि हराउँदै जाँदा श्रमको सम्मानस्वरुप गौशालामा काम गर्दै आएकाहरुलाई सम्मान गरिएको गौशालाका अध्यक्ष कमलप्रसाद सुवेदीले बताउनुभयो ।
चार वर्ष अघि स्थापना भएको गौशालामा रहेर नियमितरुपमा गौमाताको स्याहार सुसारमा खट्नुहुने टोपबहादुर राना मगर, उहाँकी श्रीमती मीनाकुमारी राना मगर र स्थानीय मनकुमारी शाहीलाई नगद तथा दोसल्लाद्वारा सम्मान गरिएको हो ।
“गाईको स्याहार सुसार, रेखदेखमा गौशालामै बसेर लामो समयदेखि काम गर्दै आउनुभएका तीन जनालाई सम्मान गरेका हौं” उहाँले भन्नुभयो, “गौमाताको स्याहार सुसारमा मनैदेखि लाग्नुभएकोमा उहाँहरुको कामको मूल्याङ्कन गर्दै सम्मान ग¥यौं जसले भोलिका दिनमा थप उर्जा मिल्नेमा विश्वस्त छौं ।”

Google search engine
oppo_2

गौशालामा रहेका गाईहरुलाई दिउसोमा वनजंगलमा चराउन लैजाने र बिहान साँझ गौशालामै दाना, चोक्कर तथा घाँसपात दिने गरिएको गौशालाका हेरालु टोपबहादुर राना मगरले बताउनुभयो ।
“दिउसो फुकाएर चराउन जंगल लैजान्छौं, गोठमै बाँधेरमात्रै त घाँसपात पु¥याउनै सकिंदैन” उहाँले भन्नुभयो, “गाईको संख्या धेरै भएकाले दुई जना गोठालो जानुपर्छ ।”
आँफूहरुले गरेको दुःखको मूल्याङ्कन गरी सम्मान गरेकोमा खुसी लागेको उहाँले बताउनुभयो ।
छाडा गाईकाकारण बालीनाली खाईदिने र सडक दुर्घटनाको जोखिम भईरहेका बेला चार वर्ष अघि वालिङ ८ र १० को संगमस्थल स्वर्गाश्रममा गौशाला निर्माण गरिएको थियो ।
छाडा चौपाया समस्याकोरुपमा देखिन थालेपछि त्यसको ब्यवस्थापन गर्न गण्डकी प्रदेश सरकार अन्तर्गतको नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रित सहयोग एकाइ पोखराको रु. पन्ध्र लाख र वालिङ नगरपालिकाको रु. पन्ध्र लाख गरी कूल तीस लाखको लागतमा गौशाला निर्माण गरिएको थियो ।
स्वर्गाश्रममा प्रर्याप्त चरन नभएको र अपायकमा भएकाले पछाडि वालिङ ८ को काफलडाँडामा सारिएको थियो ।

oppo_2

आर्थिक अभावकाकारण गौशाला सञ्चालनमा समस्या देखिन थालेपछि गाईको जीवन्त पालनपोषणकालागि कम्तिमा रु. एक करोडको अक्षयकोष स्थापना गर्ने लक्ष्य राखेर समितिले महायज्ञको आयोजना गरेको थियो ।
महायज्ञबाट रु. एक करोड पाँच लाख संकलन भएकोमा खर्च कटाएर रु. त्रियासी लाख रकम वचत भएको थियो । सोही रकमको ब्याजदरबाट अहिले गौशालामा रहेका तीन जना कर्मचारीलाई पारिश्रमिक दिने गरिएको छ । ब्यवस्थापन समितिले संस्थाको खातामा रहेको रकममा वृद्धि गरी रु. एक करोड पु¥याउने गरी योजना अगाडि बढाएको छ ।

Google search engine