वालिङमा अक्खा लिपि सम्बन्धी तालिम शुरु

0
245
Google search engine

वालिङ, १० वैशाख ।
वालिङमा अक्खा लिपि सम्बन्धी तालिम शुरु भएको छ । वालिङ नगरपालिकाको आर्थिक सहयोग र नेपाल मगर संघ वालिङ नगरसमितिको आयोजनामा १५ दिने अक्खा लिपि सम्बन्धी तालिम आइतबारदेखी शुरु भएको हो ।

Google search engine

उद्दघाटन कार्यक्रममा बोल्नुहुदै नेपाल मगर बौद्ध सेवा समाज वालिङका संस्थापक क्याप्टेन हर्कबहादुर थापाले मगर मातृ भाषाको संरक्षण गर्नका लागी मगर समुदाय एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाल मगर संघ केन्द्रिय निर्वाचन सदस्य तेजबहादुर आलेले नेपालमा संविधान प्राप्त गर्नदेखी लिएर लोकतन्त्र, गणतन्त्र प्राप्तिका लागी मगर समुदायको योगदान महत्वपुर्ण रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल मगर संघ केन्द्रिय सदस्य खगिसरा थापाले मगर रितिरिवाजलाई अनुशरण गर्नुपर्ने भन्दै नारा र भाषणले मात्रै मगर संस्कारको संरक्षण नहुँने बताउनुभयो । मगर भाषा संस्कार र संस्कृतिलाई सहि ढंगले अगाडि बढाउन नसकिएको भन्दै यसका लागी मगर एकताले मात्रै यो संभव रहेको थापाले बताउनुभयो ।

कार्यक्रममा नेपाल मगर संघ स्याङ्जाका संस्थापक अध्यक्ष पुर्णबहादुर थापा, प्रशिक्षक भाषाविद् एवं नेपाल मगर लेखक संघका केन्द्रिय सदस्य प्राज्ञिक पुर्णबहादुर राना मगर, मगर संघ गण्डकी प्रदेश सदस्य क्या.डिलबहादुर थापा, मगर संघ जिल्ला उपाध्यक्ष उमेश दर्लामी, क्या. गगनसिंह थापा, नेपाल मगर संघ जिल्ला सदस्य सुवेदर तेजबहादुर थापा, निर्वतमान वडा सदस्य केशबहादुर थापा, मगर महिला संघ वालिङ नगर अध्यक्ष सुमित्रा थापालगायतले बोल्नुभएको थियो ।

मगर भएकोमा गर्व गरौँ मगर भाषा बोलौँ, अक्खा लिपिमा लेखौँ मगर संस्कार संस्कृतिको जर्गेना गरौँ मगर भाषा लिपि सिकौँ भावी सन्तानलाई सिकाऔँ भन्ने नाराका साथ शुरु भएको मगर भाषा अक्खालिपि सम्बन्धी तालिममा वालिङका विभिन्न वडाबाट मगर प्रशिक्षार्थीको सहभागिता रहेको छ ।

कार्यक्रममा भाषाविद् पुर्णबहादुर राना र रत्नबहादुर पल्लीले प्रशिक्षण दिनुहुनेछ । मगर संघ नगर अध्यक्ष क्या. विश्वप्रकाश थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सिता थापाले स्वागत र संचालन सचिव सुवेदार कुलबहादुर थापाले गर्नुभएको थियो ।

Google search engine