आँधीखोला सञ्चार सहकारीको नवनिर्वाचित समितिको पदस्थापन

0
125
Google search engine

वालिङ ।
आँधीखोला सञ्चार सहकारी संस्था लिमिटेड तथा रेडियो आँधीखोला एफएम १०५.४ मेगाहर्ज वालिङ ८ स्याङ्जाका नवनिर्वाचित सञ्चालक समिति एवं लेखा समितिलाई प्रमाणपत्र वितरण तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । १८औँ साधारण सभा तथा छैठौँ अधिवेबनद्वारा निर्वाचित समितिलाई विहिबार रेडियो भवनमा एक कार्यक्रमका बीच प्रमाणपत्र वितरण तथा पदस्थापन गरिएकोे हो ।

Google search engine

कार्यक्रममा गण्डकी प्रदेशका सांसद कल्पना तिवारीले रेडियोलाई प्रविधिमय बनाउन आवश्यक रहेको बताउनुभयो । २१औँ शताब्दीसम्म आईपुग्दा संचारले खेलेको भुमिका महत्वपूर्ण रहेको भन्दै बढ्दो प्रविधिको विकास भईरहेका बेला रेडियोलाई समेत समय सापेक्ष रुपमा अगाडि बढाउन आवश्यक रहेको उहाँले बताउनुभयो । रेडियो स्थापना कालखण्डको स्मरण गर्दै प्रदेश सांसद तिवारीले रेडियोको स्तरवृद्धिका लागि आँपूmले प्रदेश सरकारसंग सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नेपाली कांगे्रस गण्डकी प्रदेशका उपसभापति समेत रहनुभएकी तिवारीले आफ्नो पार्टीको तर्फबाट तथा प्रदेश सरकारबाट रेडियोको भौतिक विकास तथा क्षमता विकासका लागि पहल गर्ने बताउनुभएको हो । कार्यक्रममा नेकपा एमाले वालिङ नगर कमिटि अध्यक्ष शोभाकान्त पौडेलले वालिङका संस्थाहरु मध्ये आँधीखोला संचार सहकारी नमुना बन्न सक्नुपर्ने भन्दै संचार संस्थाले सकरात्मक संदेश प्रवाह गर्ने काम गर्न नवनिर्वाचित समितिलाई आग्रह गर्दै बधाई व्यक्त गर्नुभयो ।

कार्यक्रममा रेडियोका नवनिर्वाचित अध्यक्ष शान्ता थापाले आवाज विहिनहरुको आवाज बन्दै आएको रेडियोलाई थप चुस्तदुरुस्त बनाउनका लागी आफ्नो टिम लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर अध्यक्ष युक्तप्रसद तिवारीले समेत आफ्ना भनाई राख्नुभएको थियो । कार्यक्रममा निर्वाचन अधिकृत धु्रवप्रसाद शर्मा पंगेनीले नवनिर्वाचित टिमलाई सपथ खुवाउनुभएको थियो ।

निवर्तमान अध्यक्ष नेत्रप्रसाद पाण्डेले निर्वाचित अध्यक्ष थापालाई निर्णय पुस्तिका हस्तान्तरण गर्दै रेडियोलाई अग्र स्थानमा पु¥याउन नयाँ समितिसंग हातेमालो गर्दै जाने बताउनुभयो । कार्यक्रम निर्वाचन अधिकृत धु्रवप्रसाद शर्मा पंगेनीको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत निर्वतमान अध्यक्ष नेत्रप्रसाद पाण्डे र सञ्चालन निवर्तमान सचिव यमकान्त खनालले गर्नुभएको थियो ।

Google search engine