पुराना र मौलिक सम्पदाको संरक्षण गर्छौं ः प्रवक्ता अर्याल

0
141
Google search engine

तोलाकान्त बगाले
वालिङ, १४ फागुन ।
गण्डकी प्रदेशका प्रवक्ता एवम् उर्जा जलश्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले गण्डकी प्रदेश सरकार पुराना र मौलिक सम्पदाको संरक्षणमा ध्यान दिएर अगाडि बढेको बताउनुभएको छ । स्याङ्जाको वालिङ नगरपालिका ८ कटौंजेस्थित ओढारे पधेँरा खानेपानी योजनाको सोमबार उद्घाटन गर्नुहुँदै उहाँले नयाँ योजनाहरु बनाउनेक्रममा पुराना र मौलिक सम्पदाहरुको संरक्षणमा ध्यान दिएको बताउनुभएको हो ।
“नयाँ नयाँ विकासका योजनाहरु पनि अगाडि बढिरहेका छन्” उहाँले भन्नुभयो, “नयाँ नयाँ योजनाहरु बन्दै गर्दा पुराना तथा मौलिक सम्पदाहरुलाई पनि संरक्षण गर्दै जानुपर्ने छ ।”

Google search engine

निर्वाचनका बेला कुनै एउटा पार्टीबाट उम्मेदवार बनेपनि निर्वाचित भईसकेपछि सबैको साझा भएर नेतृत्वले काम गर्नुपर्ने जोड उहाँको थियो । “लोभी पापी नभईकन निस्वार्थ तवरले यो पाँच वर्ष जनताकैलागि काम गर्ने हो” उहाँले भन्नुभयो, “सबैलाई समेटेर काम गर्नुपर्ने सामथ्र्य नेतृत्वमा हुनुपर्छ, सोही मान्यता अनुसार अगाडि बढ्दै छु ।”
परापूर्वकालदेखि खानेपानीको स्रोतकोरुपमा प्रयोग हुँदै आएको ओढारे पधेँराको संरक्षण कार्यकालागि योजनाले महत्वपूर्ण भूमिका खेलेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय स्याङ्जाका प्रमुख हरिप्रसाद तिमिल्सिनाले बताउनुभयो ।
“गाउँलेहरुले वर्षौदेखि प्रयोग गर्दै आएको पधेँराको संरक्षण तथा थप ब्यवस्थापन गरेका छौं” उहाँले भन्नुभयो, “मौलिकता जोगाईराखेका छौं भने केही कलात्मकतासमेत थप गरिएको छ ।”
नागरिकहरुलाई शुद्ध खानेपानीको पहुँच पु¥याउनकालागि गण्डकी प्रदेश सरकारले ‘एक घर एक धारा’ अभियान अगाडि सारेको उहाँले बताउनुभयो । कार्यक्रममा वालिङ नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष दामोदर तिवारीले वर्षौंदेखि स्थानीयले प्रयोग गर्दै आएको पधँेराको संरक्षणकालागि गण्डकी प्रदेश सरकारले गरेको सहयोगप्रति आभार ब्यक्त गर्नुभयो ।

कार्यक्रममा स्थानीय समाजसेवी भुपराज बगालेले गाउँमा निर्माण भएको सार्वजनिक सम्पत्तिको संरक्षणकालागि स्थानीयहरुले अपनत्व महसुस गरी जिम्मेवारी लिएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
ओढारे पधेँरा खानेपानी योजना सम्पन्न भएसँगै कटौंजे, जैसीपधेँरा लगायतका स्थानीयहरुलाई खानेपानीको सहजता हुने समितिका अध्यक्ष जनक तिवारीले बताउनुभयो ।

Google search engine