जनतासंँग गरेका वाचा बिर्सेको छैन ः मन्त्री गुरुङ

0
105
Google search engine

वालिङ, १५ पुस ।
नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले निर्वाचनमा बेला जनतासंँग गरेका वाचा पूरा गर्ने प्रतिवद्धता जनाउनुभएको छ । शनिबार स्याङ्जाको वालिङमा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताउनुभएको हो । नेपाली कांगे्रस वालिङ नगर समितिले आयोजना गरेको नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री गुरुङले भन्नुभयो, “निर्वाचनका बेला जनतामाझ गरेको वाचा तथा प्रतिवद्धताहरु मैले विर्सेको छैन, पूरा गरेरै छाड्छु, यो मेरो प्रतिवद्धता भयो ।”

Google search engine

भ्रष्ट्राचारको अन्त्य गर्दै विकास निर्माणका लागि आफू कटिवद्ध भएको लागेको उहाँले बताउनुभयो । अब बोलेर मात्रै जनता खुसी नहुँने भन्दै बोल्नुभन्दा व्यवहारबाट जनतालाई खुसी पार्नुपर्छ भन्ने भावनाका साथ आँफू अगाडि बढेको उहाँले बताउनुभयो । काम गर्ने चाहना आँफूसंँग रहेको भन्दै हरेक विकास निर्माणमा जनता उत्तिकै सक्रियरुपमा लग्नुपर्ने भन्दै स्याङ्जाको विकासका लागि हरबखत आँफू तत्पर रहेको मन्त्री गुरुङको भनाई छ ।
कार्यक्रममा गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले स्थानीय तह, प्रदेश तथा संघीय सरकारको समन्वयमा विकासले फड्को मार्ने भन्दै जिल्लामा केही योजना सञ्चालन भईरहेका र केही प्रक्रियामा रहेका समेत उहाँले बताउनुभयो । नागरिकको अपेक्षा र चाहना अनुसार काम भईरहेको भन्दै विकास निर्माणको कामलाई पहिलो प्राथमिकता दिएको सभापति अर्यालले बताउनुभयो । कार्यक्रम नगर सभापति नेत्रप्रसाद पाण्डेको सभापतित्वमा सम्पन्न भएको थियो ।

कार्यक्रममा नेता कार्यकर्ता तथा विभिन्न भातृ संघसंस्थाहरुले मन्त्री गुरुङलाई सुझाव तथा ध्यानाकर्षण पत्र बुझाएका थिए । तरुण दल, महिला संघ, नेपाल मगर संघ लगायतका भातृ संघ संस्थाहरुले मन्त्रीलाई ध्यानाकर्षण सहितको सुझावहरु पेश गरका थिए ।

Google search engine