मुलको संरक्षण गर्न धाराको चौरमा वृक्षारोपण

0
124
Google search engine

वालिङ
स्याङ्जाको वालिङ ८ स्थित धाराको चौरमा मुल संरक्षणकालागि वृक्षारोपण गरिएको छ । वालिङ बजारका केही भेग, विपीचोक, कटौंजे, सानो कटौंजेका स्थानीयले खानेपानीकोरुपमा प्रयोग गर्दै आएको धाराको चौरमा रहेको मुलको संरक्षण गर्नकालागि वृक्षारोपण गरिएको हो । स्थानीय ऋषिराम सुबेदी र कृष्णप्रसाद सुबेदी लगायतको सक्रियता र पहलमा डुम्री र पीपलका विरुवा रोपण गरिएको हो । मुलमा पानीको स्रोत बढाउनकालागि वृक्षारोपण गरिएको स्थानीय समाजसेवी भीमलाल सुबेदीले बताउनुभयो । समाजसेवी सुवेदीका अनुसार धाराको चौरमा गण्डकी प्रदेशको आर्थिक सहयोग र वालिङ नगरपालिकाको समन्वयमा ढुंगेधाराको मोडलमा धारा निर्माण भै रहेको छ । पानीको मुल संरक्षण गर्दै धारालाई थप ब्यवस्थित गर्नकालागि बजेट विनियोजन भएको उहाँले बताउनुभयो ।

Google search engine
Google search engine