रातो च्याउ सम्बन्धी सीपमुलक तालिम दिईयो

0
175
Google search engine

वालिङमा रातो च्याउ सम्बन्धी व्यवसायिक सीपमुलक तालिम दिईएको छ । ऋद्धिसिद्धी वचत तथा ऋण सहकारी संस्था वालिङ ६ मिर्दीको आयोजना र भैरव च्याउ उद्योग तानसेन पाल्पाको प्राविधिक सहयोगमा तालिम दिईएको हो । तालिमको उद्दघाटन गर्नुहुँदै वालिङ नगर प्रमुख कृष्ण खाँणले भाषण भन्दा काममा विश्वास गर्नुपर्ने भन्दै अब काम गर्ने तौरतरिका परिवर्तन गर्नुपर्ने बताउनुभयो ।

Google search engine

नगरपालिकाले पारदर्शिताका लागि कार्यपालिका बैठक प्रत्यक्ष प्रसारण गरेको भन्दै हरेक संस्था पारदर्शी हुनुपर्ने भन्दै यस क्षेत्रमा ऋद्धिसिद्धी सहकारीले पु¥याएको योगदान निकै सकारात्मक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले जे गर्छौं जनताकै अगाडि गर्छौं, जनताले चुनेर पठाएका हामी जनप्रतिनिधि काम गरिएन भने जनतालाई धोका हुन्छ ।” सहकारीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा केही दिनमै सहकारीहरुसँंग छलफल गरी कार्ययोजना बनाएर सहकारीलाई उत्पादनमुलक कार्यमा लाग्न अभिप्रेरित गरिने बताउनुभयो । नागरिकको समृद्धिका लागि शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा काम गर्नुपर्ने भन्दै रोजगारीका लागि कृषिको संभावनालाई उजागर गर्नुपर्ने नगर प्रमुख खांँणले बताउनुभयो । कार्यक्रममा सहकारीका अध्यक्ष मुक्तिप्रसाद पाण्डेले सहकारीले आफ्ना सदस्यहरुलाई आयआर्जनसंँग जोड्नका लागि सीपमुलक तालिमको आयोजना गरिएको भन्दै सहकारीले ३६० दिन सेवा प्रवाह गरिरहेको बताउनुभयो । सहकारीले असाह्य बालबालिकाका लागि शैक्षिक सामग्री, विभिन्न सहयोग तथा सम्मान कार्यक्रमलगायतका कार्यहरु गर्दै आएको बताउनुभयो । कार्यक्रममा भैरव च्याउ उद्योगका सञ्चालक केशबबहादुर कार्की, सागर तिमिल्सिनाले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष मुक्तिप्रसाद पाण्डेको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत उपाध्यक्ष नेत्रप्रसाद पाण्डेले र सञ्चालन सदस्य शान्ता थापाले गर्नुभएको थियो ।

Google search engine