तरकारी खेतीसम्बन्धी तालिम र बीउविजन वितरण

0
175
Google search engine

राजेन्द्रप्रसाद लामिछाने
वालिङ ५ पित्लेक पाडेथोकमा जलवायु मैत्री नमुना कृषि गाउँ कार्यक्रम अन्तर्गत व्यावसायिक तरकारी खेतीसम्बन्धी तालिम सम्पन्न भएको छ । कृषि ज्ञानकेन्द्र स्याङ्जाको आर्थिक सहयोग तथा जनकल्याण कृषक सहकारी संस्थाको आयोजनामा पित्लेक÷पाडेंथोकमा अभिमुखीकरण तालिम सम्पन्न भएको हो ।
कृषि तथा तरकारी खेतीमा लागेका कृषकहरुलाई थप व्यावसायिक बनाउने उद्देश्यसहित कृषिसम्बन्धी तालिम चलाइएको आयोजकले जनाएका छन् । तालिमको समापन कार्यक्रममा बोल्नुहुँदै कृषि ज्ञानकेन्द्र स्याङ्जाका कृषि प्रसार अधिकृत इश्वरीप्रसाद अर्यालले कृषि तथा तरकारी खेतीमा रोजगारी सिर्जना गरेर विदेशिने युवाहरुलाई रोक्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले पछिल्लो समय कृषि तथा तरकारी खेतीमा बढ्दो विषादीको प्रयोगले मानव स्वास्थ्यमा प्रत्यक्ष रुपमा असर गरेको बताउँदै खेतबारीमा विषादीको प्रयोगलाई रोकेर अर्गानिक उत्पादन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा वालिङ ५ का वडा सदस्य रामप्रसाद लामिछानेले कृषकहरुकालागि यो तालिम अत्यन्तै उपयोगी रहेको बताउनुभयो । तालिमपश्चात सिकेका सीपलाई ब्यावसायिकरुपमा प्रयोग गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

Google search engine

कृषि ज्ञानकेन्द्र स्याङ्जाकी कृषि प्राविधिक लक्ष्मी अधिकारी, सहकारीका सदस्य सीता पौडेल लगायले आ–आफ्नो धारणा राख्नुभएको थियो । दुई दिनसम्म चलेको तालिममा व्यावसायिक तरकारी खेती उत्पादन, प्लाष्टिक घर निर्माण, त्यसभित्र तरकारी खेती उत्पादन, मौसमी तथा बेमौसमी तरकारी खेती, रोग किराको नियन्त्रण र विषादीरहित तरकारी उत्पादनका विषयहरुमा कृषि ज्ञानकेन्द्र स्याङ्जाका कृषि प्रसार अधिकृत इश्वरीप्रसाद अर्याल र प्राविधिक लक्ष्मी अधिकारीले प्रशिक्षण दिनुभएको थियो । तालिममा ४० जना तरकारी उत्पादन गर्दै आइरहेका कृषकहरुको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा ४० जना व्यावसायिक कृषकहरुलाई गौरभ ५५५ काउली, बन्दा, उनसरी टमाटर, मिटर बोडी, सिमी, भेण्डी लगायतका बीउविजन ८५५ अनुदानमा कृषकहरुलाई वितरण गरिएको जनकल्याण कृषक सहकारी संस्थाका अध्यक्ष निलकण्ठ लामिछानेले बताउनुभयो । कार्यक्रम जनकल्याण कृषक सहकारी संस्थाका अध्यक्ष निलकण्ठ लामिछानेको अध्यक्षता र व्यवस्थापक हुमनाथ लामिछानेको स्वागतसँगै सुरु भएको थियो । कार्यक्रमको सञ्चालन जनकल्याण कृषक सहकारी संस्थाका सचिव नारायणप्रसाद लामिछानेले गर्नुभएको थियो ।

Google search engine